बैंकहरुले निक्षेपको ब्याजदर बढाए - रुपान्तरण
 २०८१ बैशाख ४, मंगलबार    

बैंकहरुले निक्षेपको ब्याजदर बढाए


काठमाडौं । बैंकहरुले शनिबारदेखि निक्षेपको ब्याजदर बढाएका छन् । बैंकहरुले ६ महिना पछि असोज महिनाका लागि निक्षेपको ब्याजदर बढाएका हुन् । सबै वाणिज्य बैंकहरुको मुद्दती निक्षेपको ब्याजदरमा औसतमा १० प्रतिशतले बढेको छ । जसअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२ दशमलव १३ प्रतिशत, संस्थागतमा १० दशमलव १३ र रेमिट्यान्समा १३ दशमलव १३ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।

केही वाणिज्य बैंकहरुले भने तीन महिनासम्मको व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव ३ प्रतिशत, संस्थागतमा १० दशमलव ३ प्रतिशत र रेमिट्यान्समा १३ दशमलव ३ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । यस्तै, विकास बैंकहरुले ब्याजदर बढाएका छन् । विकास बैंकहरुले ब्याजदर बढाएर व्यक्तिगत मुद्दती निक्षेपमा १३ प्रतिशतसम्म र संस्थागत मुद्दती खातामा ११ प्रतिशतसम्म ब्याज दिने भएका छन् ।

फाइनान्स कम्पनीहरुले पनि व्यक्तिगत मुद्दती निक्षेपमा १३ दशमलव ४७ प्रतिशतसम्म र संस्थागत मुद्दती निक्षेपमा ११ दशमलव ४७ प्रतिशतसम्म ब्याजदर दिने भएका छन् ।