डेंगुको विरामीको संख्या ३० हजार नाघ्यो, पोष्ट डेंगुले थप समस्या - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

डेंगुको विरामीको संख्या ३० हजार नाघ्यो, पोष्ट डेंगुले थप समस्या


काठमाडौं । नेपालमा डेंगु संक्रमणका बिरामीको संख्या दिनहुँ बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ । गत साउन यताबाट डेंगु संक्रमितको संख्या बढेको हो ।

हाल देशभर ३० हजार १ सय ८६ जना डेंगुका बिरामी उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संख्या हालसम्मकै उच्च हो । दशैंको मुखमा डेंगु लागेपछि सर्वसाधारणको विचल्ली भएको छ । डेंगुबाट हालसम्म ३९ जना बिरामीको मृत्यु भइसकेको छ ।

सरकारी तथा निजी अस्पतालमा डेंगुका विरामीको चाप थामिनसक्नु छ । यद्यपी, दैनिक पाँच सय बढी डेंगु संक्रमित भएपनि भर्ना हुने संख्यामा कमी छ । त्यस्तै, डेंगु संक्रमित भएकाहरुलाई पोष्ट डेंगुमा स्वास्थ्य समस्या देखिएको पाइएको छ ।

डेंगु संक्रमण निको भैसकेपछि पनि बिरामी पुरानो स्वास्थ्य अवस्थामा फर्कन धेरै समय लाग्ने गरेको पाइएको छ । कमजोरी महसुस हुने, अल्ली लाग्ने, खान मन नलाग्ने वाकवाकी लाग्ने लगायतका समस्या डेंगु संक्रमण मुक्त भएपछि हुने गरेको पाइएको छ ।

त्यस्तै, पोष्ट डेंगुमा बिरामीलाई पहिले जस्तो सक्रिय हुन नसक्ने, शरीर दुख्ने कपाल झर्ने लगायतका समस्या हुने गरेको छ । कोरोना संक्रमणका कारण थलिएका केही बिरामीलाई डेंगुका कारण थप समस्या हुने गरेको सरुवा रोग विशेषज्ञहरु बताउँछन् ।