उम्मेदवारको नामावली प्रकाशन - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

उम्मेदवारको नामावली प्रकाशन


काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गरेको छ । आयोगले निर्वाचनको कार्यतालिका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

यसअघि आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेको उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको थियो । आयोगले उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

स्थानीय तहका कार्यपालिका सदस्य निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएकोप्रति निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

स्थानीय तहमा आफू बहाल रहेको स्थानीय तहमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार कार्यमा संलग्न भएको उजुरी आएको र आयोगको अनुगमनमा समेत देखिएकाले ऐन बमोजिम निजलाई स्पष्टीकरण सोधी तत्काल कारबाही प्रक्रिया अघि बढाउन आयोगले जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृत (कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख) लाई निर्देशन दिने भएको छ।

आयोगका उपसचिव एवम् सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यससँग सम्बन्धित सम्पूर्ण विवरण तत्काल आचारसंहिता अनुगमन समिति र आयोगमा पठाउने जानकारी दिए ।