एमाले ओली पक्षको संसदीय बोर्डमा खनाल र नेपाल ! - रुपान्तरण
 २०८३ बैशाख १७, बिहीबार    

एमाले ओली पक्षको संसदीय बोर्डमा खनाल र नेपाल !


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले ओली समूहको बिहीबार सम्पन्न संसदीय दलको बैठकले संसदीय बोर्ड गठन गरेको छ । प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्रधानमन्त्री एवं दलका नेता केपी शर्मा ओली प्रमुख रहेको उक्त बोर्डमा प्रतिनिधि सभामा दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरीसमेत पदेन सदस्य रहने गरी कुल २७ सदस्य रहने निर्णय गरेको छ ।

बोर्ड सदस्यहरुमा माधव नेपाल, झलनाथ खनाल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, शेरवहादुर तामाङ,रघुवीर महासेठ, भुपेन्द्र थापा,खेम लोहनी,सरिता न्यौपाने, विमला विकसमेत छन् ।

यसैगरी सुमन प्याकुरेल, विमला राई, बिन्दा पाण्डे,राधा ज्ञवाली,दामोदर भण्डारी,विद्या भट्टराई,रेखा झा र राजेन्द्र राई, छविलाल विक छन् । यसैगरी नारदमुनी राना र मोहन बानिया समेत बोर्डमा रहेका छन् ।

बैठकले संसदीय दलको विधान संशोधन गर्न नेकपा एमाले संसदीय दलको विधान २०७२ को दफा २९ बमोजिम प्रमुख सचेतक विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई रहेको तीन सदस्सीय विधान संशोधन कमिटी समेत गठन गरेको छ ।