कार्तिक १ देखि ६ गतेसम्म होण्डाको तिहार एक्सचेन्ज महोत्सव - रुपान्तरण
 २०८१ बैशाख ६, बिहीबार    

कार्तिक १ देखि ६ गतेसम्म होण्डाको तिहार एक्सचेन्ज महोत्सव


काठमाडौं ।  होण्डा टु व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘तिहार एक्सचेन्ज महोत्सव’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।

योजना अन्तर्गत ग्राहकहरूले, प्रत्येक एक्सचेन्जमा थप रु.सात हजार वा दशैं/तिहार योजना रोज्न सक्छन् । त्यसैगरी, होन्डाका पहिलो २५० ग्राहकहरूले एक्सचेन्जको न्यूनतम मूल्याङ्कन पचास हजार पाउनेछन् ।

योजना २०७९ कार्तिक १ देखि ६ गते सम्म सीमित अवधिको लागि मात्र लागू हुनेछ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

.