विवेकशील साझा पार्टी सकिएको छैन - रुपान्तरण
 २०८१ बैशाख १९, बुधबार    

विवेकशील साझा पार्टी सकिएको छैन


काठमाडौं । विवेकशील साझा पार्टीले कल्याणकारी लोकतन्त्र पार्टीको दर्शन रहेको भन्दै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै पार्टीले सुसंस्कृउ राजनीति, समतामूलक समृद्धि पार्टीको लक्ष रहेको भन्दै घोषणापत्र सार्वजनिक गरेको हो । त्यस्तै, पार्टीले घोषणापत्रमा पद्धती, पारदर्शिता, ईमानदारी, उत्कृष्टतालाई आफ्नो मूल्य मान्यता रहेको उल्लेख गरेको छ ।

सरकार चलाउनेहरु असक्षम र भ्रष्ट रहेको तथा नेताहरुले सुसंस्कृत र विकासमुखी राजनीतिको भरपर्दो संकेत देखाउन नसकेकोले विकल्प राजनीतिको विकल्पको रुपमा विवेकशील साझा पर्टीको आवश्यकता रहेको घोषणा पत्रमा जनाइएको छ ।

त्यस्तै, पार्टीले इमान्दार, उत्कृष्ठ, क्षमतावानलाई राजनीतिमा सहभागी हुन प्रेरित गर्ने जनाएको छ । सोही क्रममा विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको बताइन ।

अध्यक्ष बास्कोटाले चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भएपनि पार्टी अझै सशक्त भएर चुनावमा लागेको बताइन । उनले पार्टीले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा समाुनपातिकतर्फ सातै प्रदेशमा उम्मेदवारी दिएकाले सबै मतदाताले पार्टीलाई जिताउन सहयोग गर्ने अपेक्षा राखेको बताइन ।

उनले गत ५ वर्षमा पार्टी आत्तिएको र थाकेको नभइ अनुभव बटुल्दै अघि बढिरहेको बताइन । उनले विवेकशील साझाले गर्न चाहेको राजनीतिक मंसिर ४ पछि सकिने खालको नभइ देशको विकास र स्थिरताको लागि भएको जिकिर गरिन ।

बास्कोटाले अहिलेका स्वतन्त्र उम्मेदवारहरु विवेकशील साझाले २०७४ सालमा रोपेको फल भएको बताउँदै देशको आर्थिक र सामाजिक अवस्था बदल्नुपर्ने बेला भएको भन्दै देशको द्रुततर विकासका लागि आफ्नो पार्टी सक्षम रहेको बताइन ।