विश्वकप फुटबल बारे बोल्यो सर्बोच्च - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

विश्वकप फुटबल बारे बोल्यो सर्बोच्च


काठमाडौं । कतारमा यही मंसिर ४ गतेदेखि हुने विश्वकप फुटबल हेर्न अतिरिक्त ५०० रुपैयाँ लिने मिडिया हबको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ ।

विश्वकप फुटबल हेर्नका लागि नेपाली प्रतिग्राहकबाट अतिरिक्त ५०० रूपैयाँ असूल्ने मिडिया हबको निर्णय तत्काल कार्यान्वयन नगर्न न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई राउतको इजलासले २७ कात्तिकमा छलफलका लागि बोलाएको छ ।

फिफा विश्वकप कतार २०२२ मंसिर ४ बाट शुरु हुँदैछ । कतारले विश्वकपकै लागि दर्शकलाई मोहित पार्ने फरक विशेषता बोकेको रंगशाला निर्माण गरेको छ । खेत तालिका पनि सार्वजनिक गरेको छ । २१ नोभेम्बर २०२२ बाट शुरु भएर १८ डिसेम्बर १८ सम्म चल्ने विश्वकपको खेल तालिका फिफाले बुधबार सार्वजनिक गरेको हो ।

तालिकाअनुसार एकै दिनमा समूह चरणका चार वटा खेलहरू हुनेछन् । विश्वकपको उद्घाटन खेल अल बायट स्टेडियममा हुनेछ भने फाइनल खेल लुसेल स्टेडियममा भनिएको छ ।

यस अघि जुन र जुलाई महिनामा फुटबल विश्वकप गर्दै आएको फिफाले यसपटक भने नोभेम्बर र डिसेम्बरमा गर्ने भएको छ ।  जुन र जुलाईमा कतारको गर्मी अत्यधिक हुने भएकाले जाडो मौसममा खेल आयोजना गर्न लागिएको हो ।  विश्वकप फुटबलको २२ औं संस्करणमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।