सरकारले ३० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

सरकारले ३० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने


काठमाडौं । सरकारले मंसिरदेखि पुससम्म ३० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । सरकारले मंसिर १२ गतेबाट आन्तरिक ऋण उठाउने भएको हो । नेपाल राष्ट्र बैंकले सरकारका लागि बजारबाट ऋण उठाइदिने पनि भएको छ ।

राजस्व नउठ्ने तर खर्च बढिरहने हुँदा सरकारले ऋण उठाएको हो। चालू वर्ष सरकारले साढे २ खर्ब ऋण उठाउने लक्ष्य राखेको छ। अहिले ऋण उठाउँदा सरकारलाई महँगो पर्छ। पोहोर ६र७ प्रतिशत ब्याजमा ऋण उठाएको सरकारले तरलता अभावका कारण दोहोरो अंकमा ब्याज तिर्नुपर्ने हुन्छ। सरकारले ऋण उठाउँदा तरलता अभाव थप बढ्छ भने निजी क्षेत्रले पाउने ऋण उपलब्धता घट्छ।

सरकारले मंसिर १२ र पुस १८ गते गरि दुईपटक ३६४ दिने ट्रेजरी बिल मार्फत १५ अर्ब उठाउने छ। मंसिर १३, २७ र पुस ५ गते गरेर तीनपटकमा अर्को १५ अर्ब उठाउने छ। यो विकास ऋण पत्र हो। यो २,३ र ४ वर्ष अवधिको हुने छ। सरकारले माघदेखि चैतसम्म ८८ अर्ब उठाउँदैछ भने वैशाखदेखि असारसम्म १ खर्ब ३८ अर्ब उठाउँदैछ। सरकारले चालू वर्ष कुल २ खर्ब ५६ अर्ब उठाउने छ।