नयन र निशाको प्रेमिल रोमान्स(भिडियो) - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

 नयन र निशाको प्रेमिल रोमान्स(भिडियो)


काठमाडौं । बदलिएको मौसमसँगै प्रेमिल बन्दै गइरहेको वातावरणकै बीच प्रेम तथा रोमान्सपूर्ण शब्दले भरिएको गीत ‘तिमीलाई देख्दा मात्र’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

अनामनगरस्थित ‘निम्तो’ रेष्टुरेण्टमा एक कार्यक्रम गर्दै सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो । माया, प्रेम र युगल जोडीको मिलापका शब्दहरुले भरिएको गीतलाई प्रदीप सुवेदीले रचना गरेका हुन् भने गीतमा गायक कृष्ण काफ्ले र मेलिना राईले स्वर भरेका छन् । यस्तै मिठासपूर्ण गीतका शब्दलाई पुरुषोत्तम न्यौपानेले संगीत दिएका छन् ।

शब्द र संगीतको उचित संयोजनपछि गीतको म्यूजिक भिडियोलाई अमृत सुनुवारले निर्देशन गरेका हुन भने गीतलाई एरिना इन्टरटेन्टमेन्टले बजारमा ल्याएको छ ।

गीतको भिडियो सार्वजनिक गर्दै थुप्रै गीतको रचना गरिसकेका डीपी दाहाल ‘परिश्रमी’ले समय सान्दर्भिक शब्दलाई युवा पंक्तिले रुचाउने बताए । उनले प्रेममा जम्दै गरेका युवा पंक्तिको भावना तीतले बोलेको भन्दै समय अनुसारको रुचीलाई गीतले समेटेको बताए ।

गीतकार सुवेदीले प्रेमिल जोडीले एक आपसमा बोल्ने शब्दलाई गीतमा बिम्बका रुपमा स्थान दिइएको बताए । गायक काफ्लेले गीत चलचित्र शैलीको रहेको र फरक किसिमको स्वाद दर्शकले पाउने बताए ।

म्युजिक भिडियोका नायक डीसी र नायिका लामाले पर्यटकीय जिल्ला सिन्धुलीको मनोरम दृश्यलाई गीतको भिडियोमार्फत प्रेमिल मनमा खेल्ने शब्दहरुमार्फत रमाउँदै प्रस्तुत गरिएको बताए ।