होटलको कोठामा मृत भेटिए पत्रकार अधिकारी - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

होटलको कोठामा मृत भेटिए पत्रकार अधिकारी


काठमाडौं । पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन् । सुन्धाराको सिद्धार्थ होटलको कोठाभित्र झुण्डिएको अवस्थामा उनी मृत फेला परेका हुन् ।

अधिकारी हराएको भन्दै उनकी श्रीमतीले बुधबार काठमाडौं परिसरमा निवेदन दिएकी थिइन् । अधिकारी २१ गते स्कुटरमा होटलमा पुगेको पाइएको काठमाडौं प्रहरी प्रमुख एसएससपी भरत बोहराले बताए ।

प्रारम्भिक रुपमा उनले आत्महत्या गरेको देखिए पनि अन्य हिसावबाट पनि अनुसन्धान भइरहेको एसएसपी बोहराको भनाई छ । अधिकारीले चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक लेखेका थिए । उनले कान्तिपुर दैनिक, नयाँ पत्रिका, हिमाल, नेपाल लाइभलगायतका सञ्चार माध्यममा काम गरेका थिए ।