आचारसंहितामा कडाइ गर्न गौंडा गौंडामा बिना बर्दीका व्यक्ति - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

आचारसंहितामा कडाइ गर्न गौंडा गौंडामा बिना बर्दीका व्यक्ति


काठमाडौं । निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहिता उल्लंघनका घटना कम भएको बताएको छ । निर्वाचन आचारसंहितालाई कडाईका साथ कार्यान्वयन गराउँदा विगतको तुलनामा कमै मात्र आचारसंहिता उल्लंघनका घटना भएको शनिबार सञ्चारकर्मीसँग कुराकानीमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभएको हो । बताएका हुन् ।

तर मौन अवधिमा बढी आचारसंहिता उल्लंघन हुन सक्ने उनले बताए । उनले आफू र आफ्ना दलका प्रतिनिधि जिताउने प्रयोजनका लागि अन्तिम समयमा अझै बढी दलका नेता र उम्मेदवारहरु लापरबाही गर्न सक्ने बताए । आयोगले सोही अनुरुप नियन्त्रण र नियमन गर्ने व्यवस्था मिलाएको उनले बताए । उनले निर्वाचन आचारसंहितालाई स्थिर समयमा हुन सक्ने उल्लंघनलाई मध्यनजर गरी निगरानीमा कडाइ गरेको बताए ।

निर्वाचन आयोग निर्वाचन आचारसंहिता उल्लंघन नगर्न र नगराउनका लागि गौंडा गौंडामा बिना बर्दीमा खटिएको उनले बताए । निर्वाचन आयुक्त भण्डारीले बर्दीमा कोही छैन भनेर आचारसंहितालाई छल्ने प्रयोजनलाई चिहाउने प्रयास नगर्न समेत उनले चेतावनी दिए ।

उनले आचारसंहिता कडा गरेन भन्ने आरोप लाग्दै आएकाले त्यसलाई चिर्न र कानूनको कार्यान्वयन गराउन यस पटकको निर्वाचनमा आयोगले आचारसंहितामा कडाइ गरिरहेको बताए । उनले आयोगले आचारसंहिता कडाईको बारेमा विभिन्न राजनीतिक दल र नेताहरुसँगको छलफलपछि नै निर्णय लिएको बताए ।