प्रमुख दलहरु मधेस प्रदेशमा कमजोर - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

प्रमुख दलहरु मधेस प्रदेशमा कमजोर


काठमाडौं । देशभर मत गणना जारी रहँदा समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले)ले अग्रस्थान कायम राखेको छ । बिहीबार बिहान साढे ९ बजेसम्म गणना भएको मध्ये एमालेले प्रतिनिधिसभा सदस्यतर्फ चार लाख ८५ हजार ९०३ मत पाएको छ ।

एमालेले प्रदेशसभातर्फ समानुपातिकमा प्रदेश नम्बर–१ मा एक लाख ३३६, मधेस प्रदेशमा २५ हजार १५६, वाग्मती प्रदेशमा ७६ हजार ७१७ मत ल्याएको छ । गण्डकी प्रदेशमा एक लाख तीन हजार ८२४, लुम्बिनी प्रदेशमा एक लाख ३३ हजार ८५३, कर्णाली प्रदेशमा नौ हजार २३७ मत पाएको छ । सुदूरपश्चिम प्रदेशको भने निर्वाचन आयोगले मतपरिणाम अपडेट गर्न बाँकी छ ।

यस्तै, समानुपातिकमा प्रतिनिधिसभातर्फ कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेसले चार लाख ५० हजार २९५ मत ल्याएको छ । प्रदेशसभा समानुपातिकतर्फ कांग्रेसले प्रदेश १ मा नौ हजार ७५०, मधेसमा ३० हजार १६६, वाग्मतीमा ७४ हजार ८४३ मत पाएको छ । गण्डकीमा ८६ हजार ७०, लुम्बिनीमा एक लाख १३ हजार ७०३, कर्णालीमा ६ हजार ७६४ मत ल्याएको छ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थान कायम छ । उक्त पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फ दुई लाख ५२ हजार ११३ मत ल्याएको छ । यो पार्टीले प्रदेशसभा सदस्य पदमा उमेदवारी दिएको छैन । अहिलेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभा समानुपातिकमा नेकपा (माओवादी केन्द्) चौथो स्थानमा छ । माओवादी केन्द्रले दुई लाख १६ हजार ३१६ मत ल्याएको छ ।

प्रदेशसभा समानुपातिकतर्फ माओवादी केन्द्रले प्रदेश–१ मा ३९ हजार २४९, मधेसमा १३ हजार १०९, वाग्मतीमा ३३ हजार ३१६ मत ल्याएको छ । गण्डकीमा ४४ हजार ३५५, लुम्बिनीमा ३५ हजार ५९० र कर्णालीमा २० हजार ७९५ मत पाएको छ ।

प्रतिनिधिसभातर्फ समानुपातिकमा पाँचौँ स्थानमा रहेको राप्रपाले एक लाख ३३ हजार ६३६ मत ल्याएको छ । प्रदेशतर्फ राप्रपाले प्रदेश–१ मा ३१ हजार ९४२, वाग्मतीमा ५५ हजार २७२, गण्डकीमा १९ हजार १०६ मत ल्याएको छ । लुम्बिनीमा ३३ हजार २०७, कर्णालीमा एक हजार २३१ मत पाएको छ ।

समानुपातिकमा जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधिसभातर्फ ५६ हजार ३९९ मत ल्याएको छ । प्रदेशसभातर्फ प्रदेश–१ मा १३ हजार ५४९, मधेसमा २१ हजार ८४१ मत पाएको छ । समानुपातिकमा नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभातर्फ ४६ हजार ९९३ मत ल्याएको छ । उसले प्रदेशसभातर्फ वाग्मतीमा ३८ हजार ९६० मत पाएको छ ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभातर्फ ३२ हजार ५४१ मत ल्याएको छ । प्रदेशसभातर्फ लुम्बिनीमा १६ हजार २५१ मत पाएको छ ।समानुपातिकमा जनमत पार्टीले प्रतिनिधिसभातर्फ ३१ हजार ८९२ मत ल्याएको छ । मधेस प्रदेशमा २४ हजार २७९ मत पाएको छ । नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभातर्फ ३० हजार ९३६ मत ल्याएको छ । प्रदेशसभातर्फ गण्डकीमा सात हजार २८८ र कर्णालीमा दुई हजार ७७१ मत पाए ।