स्वतन्त्रका नाममा अस्थिरताको खतरा छ : प्रचण्ड(भिडियो अन्तरवार्ता) - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

स्वतन्त्रका नाममा अस्थिरताको खतरा छ : प्रचण्ड(भिडियो अन्तरवार्ता)


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा स्वतन्त्र उम्मेदवार आउनुमा राजनीतिक परिवर्तनसँगै शुसासन र समृद्धि दिन नेतृत्वले नसकेकाले असन्तुष्टी पैदा भएको प्रतिक्रिया दिएका छन् । उनले स्वतन्त्रताका नाममा मुलुकमा भएको युगन्तकारी परिवर्तनलाई उल्ट्याउन सकिन्छ भनेर लागेको पनि हुनसक्ने उनको भनाइ छ ।

‘राज्यको रुपान्तरण’कार्यक्रममा बरिष्ठ पत्रकार किशोर नेपालसँग कुराकानी गर्दै प्रचण्डले भने,‘स्वतन्त्र भनेको हावा हो । आउँछ जान्छ । स्वतन्त्रताका नाममा युगन्तकारी परिवर्तनलाई उल्ट्याउने वा गणतन्त्रको युगलाई प्रहार हुने आशंका देख्छु ।’ तर राजनीतिक दलहरुले आत्मसमीक्षा गर्नु जरुरी रहेको उनको भनाइ थियो । राजनीतिक परिवर्तनपछि दलहरुले शुसासन र समृद्धि दिन नसकेकाले स्वतन्त्र उम्मेदवार खडा भएको उनले स्वीकारे ।