पशुपतिनगर नकआउट फुटबल विजेतालाई नेता खड्काले दिए प्रथम पुरस्कार - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

पशुपतिनगर नकआउट फुटबल विजेतालाई नेता खड्काले दिए प्रथम पुरस्कार


इलाम । पूर्वी इलामको पशुपतिनगरमा जारी चौथो पशुपतिनगर खुल्ला नकआउट फुटबल टुनामेन्टको उपाधि मित्रराष्ट्र दार्जिलिङको बिभागीय टिम प्रहरीले उचाल्न सफल भएको छ ।

झापाको खुदुनाबारी स्र्पोटिङ क्लबलाई सून्यका बिरुद्ध २ गोलले पराजित गरेपछि उपाधि हात पारेको हो । दार्जिलिङकातर्फबाट मध्यान्तरपछि १३ औं मिनेटमा २४ नम्बर जर्सीका सिदार्थ थापाले जाली चुमेपछि अग्रता लिएको दार्जिलिङले १५ नम्बर जर्सिका खेलाडीले दोस्रो गोल गरेपछि जित पक्का गरेको थियो ।

बिजेता हुने टिमलाई नेपाली काँग्रेसका युवा नेता तथा इलामका अग्रज समाजसेवी डम्बर खड्काले रु.एक लाख साठी हजार नगद पुरस्कार मेडल, ट्रफी प्रदान गरे ।

उपबिजेता खुदुनाबारी टिमलाई ८० हजार नगदसहित मेडल तथा प्रमाणपत्र आयोजकले प्रदान गरे । कार्यम्रममा प्रमुख अतिथि युवा नेता डम्बर खड्कालाई आयोजक समितिले ब्याण्ड टोलीले सलामी अर्पण गरेको थियो ।

नेपाल तथा भारतका २२ टिमको सहभागीतामा सम्पन्न उक्त खेलमा भ्याट्रन टिमको उपाधि फिक्कल फुटसलको पोल्टामा परेको थियो कार्यक्रममा आयोजनाका बिभिन्न बिधामा खेलाडीलार्इ पुरस्कार प्रदान गरिएको थियो ।