समानुपातिकतर्फ कांग्रेसको ३२ सांसदको सूचीबाट गोपालमान आउट(सूचीसहित) - रुपान्तरण
 २०८३ बैशाख १८, शुक्रबार    

समानुपातिकतर्फ कांग्रेसको ३२ सांसदको सूचीबाट गोपालमान आउट(सूचीसहित)


काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ समानुपातिक सांसदमा सिफारिस गर्ने नामको अन्तिम टुंगो लगाएको छ । पार्टीको शनिबार बसेको पदाधिकारी र कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसदमा सिफारिस गर्ने ३२ जनाको नाम टुंगो लगाएको हो । 

कांग्रेसले समानुपातिकमा ३२ सिट पाएकामा २९ जना महिला पठाउनु पर्नेअनुसार नाम फाइनल गरिएको हो । तीन जना पुरुषमा सहमहामन्त्री जीवन परियार, प्रकाशशरण महत र विमलेन्द्र निधी रहेका छन् । यसअघि गोपालमान श्रेष्ठको नाम आएको भए पनि कांग्रेसले उनको नाममा विवाद भएपछि सिफारिस नगरेको हो । गोपालमानको ठाउँमा सहमहामन्त्री जीवन परियारलाई राखिएको हो । तर मुस्लिमतर्फ अर्का सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई भने समावेश गरिएन ।

खस–आर्यतर्फ
१, अम्बिका बस्नेत
२, सरिता प्रसाईं
३, आरजू राणा देउवा
४, ईश्वरी न्यौपाने
५, प्रतिमा गौतम
६, मञ्जु खाँण
७, रमा कोइराला पौडेल
८,कान्तिका सेजुवाल
९, मैना रावल कार्की

आदिवासी जनजातितर्फ
१, सरस्वती बजिमय
२, लिलादेवी बोखिम
३, सीता कुमारी राना
४, सुशीला थिङ
५, सपना राजभण्डारी
६, माया राई
७, कुसुम थापामगर
८, मनोरमा सेरचन

मधेसीतर्फ
१, नागिना यादव
२, मुक्ता कुमारी यादव
३, चन्दा चौधरी
४, संगिता मण्डल
५, निनुकुमारी कर्ण

दलिततर्फ
१, शान्ति विक
२, रुपा विक
३, सीता मिजार
४, आशा विक

थारुतर्फ
१, कल्पना चौधरी
२, विनाकुमारी थनेत

मुस्लिमतर्फ
१, जावेदा खातुन् जागा

तीन जना पुरुष

१, जीवन परियार

२, प्रकाशशरण महत

३, विमलेन्द्र निधी

"