दशैं तथा तिहार स्किम ‘होण्डाको दशैंको शुभ लाभ’ योजनाको विजेता घोषित - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

दशैं तथा तिहार स्किम ‘होण्डाको दशैंको शुभ लाभ’ योजनाको विजेता घोषित


काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले आफ्नो दशैं तथा तिहार स्किम “होण्डाको दशैंको शुभ लाभ” को विजेताहरु घोषित गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले ७ प्रदेशबाट एक/एक जना गरी ७ जनाले ७ लाख रुपैयाँ र बम्परमा लक्की ड्र मार्फत १५ लाख नगद उपहार प्राप्त गर्नुभएको छ ।

“होण्डाको दशैँकाे शभु लाभ” योजना अन्तर्गत प्रदेश १ बाट Satya Sai Auto City Pvt-दुर्गा देबी सापकोटा, प्रदेश २ बाट Mishika Enterprises-अमित कुमार शाह, प्रदेश ३ बाट Stc. Teku-मनिशा बज्राचार्य, प्रदेश ४ बाट Kunwar Brothers-कृष्ण कुमार आले, प्रदेश ५ बाट Amrit International Pvt. Ltd- बिष्णु पोखरेल, प्रदेश ६ बाट Danfe Autoparts & Suppliers- सुनिता खत्री र प्रदेश ७ बाट Uma Traders- लक्ष्मण भट्टले जनही १ लाखकाे दरले नगद उपहार प्राप्त गर्नुभएको छ ।

त्यसै गरी चन्द्र बहादुर थापा (Siddhi Binayak Auto Int. Pvt. Ltd) ले बम्पर उपहार १५ लाख प्राप्त गर्नुभएको छ, र साथ साथै, फाइनान्समा खरिद गर्नुभएको ग्राहकहरूलाई पनि बम्पर लक्की ‘ड्र’ मा सामेल गरिएको छ । यसका साथै, यस योजना अन्तर्गत, ग्राहकहरुले स्क्र्याच कुपन मार्फत ७ लाख सम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु तथा इजी फाइन्यान्सको पनि सुविधा प्राप्त गर्नुभएको छ ।