राष्ट्रपति स्वदेश फिर्ताः भ्रमण फलदायी भएको दाबी - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

राष्ट्रपति स्वदेश फिर्ताः भ्रमण फलदायी भएको दाबी


काठमाडौं । दुईदिने राजकीय भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छन् । राष्ट्रपति भण्डारी मंगलबार अपरान्ह स्वदेश फर्किएकी हुन् ।

राष्ट्रपति भण्डारी सहितको नेपाली प्रतिनिधिमण्डललाई बंगलादेशका विदेशमन्त्री डा.एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायतले बिदाइ गरेकी थिइन ।

भण्डारीले त्यहाँ रहँदा राष्ट्रपति मोहम्मद अब्दुल हमिद, प्रधानमन्त्री शेख हसिना लगायतका उच्चस्तरीय भेटघाटमा व्यस्त रहेकी थिइन । राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार बंगलादेश गएकी हुन् । डेढ वर्ष अघि बंगलादेशका राष्ट्रपति हमिद नेपालको भ्रमणम आएका थिए ।

यता, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति भण्डारीको बङ्गलादेशको दुई दिवसीय राजकीय भ्रमण फलदायी भएको बताएका छन् । राष्ट्रपति भण्डारी भ्रमण पूरा गरी मंगलवार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भ्रमणबारे जानकारी गराउँदै भ्रमणले नेपाल तथा बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउन मद्दत पुगेको बताए ।