प्रचण्ड बालुवाटारमा, देउवा डेरामा - रुपान्तरण
 २०८३ बैशाख १८, शुक्रबार    

प्रचण्ड बालुवाटारमा, देउवा डेरामा


काठमाडौं । निबर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले छाडेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सरेका छन्। निवर्तमान प्रधानमन्त्री देउवा बुधबार बिहान बालुवाटारबाट धुम्वाराही भाडाको घरमा सरेपछि प्रधानमन्त्री प्रचण्ड सरेका हुन्।

प्रधानमन्त्री प्रचण्ड बुधबार साँझ निजी निवास खुमलटारबाट बालुवाटार सरेका हुन्। निवर्तमान प्रधानमन्त्री देउवाको बूढानिलकण्ठस्थित घर मर्मत भइरहेकाले उनी बालुवाटारबाट डेरामा सरेका हुन्। उनी चार महिनापछि आफ्नो निवास बुढानिलकण्ठ सर्ने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड भने साइत हेराएर बालुवाटार सरेका हुन्। उनका लागि ज्योतिष टीकाराम घिमिरेले बेलुका ५ बजेको साइत सुझाएका थिए।