प्रभु साहले खोले नयाँ पार्टी - रुपान्तरण
 २०८३ बैशाख १८, शुक्रबार    

प्रभु साहले खोले नयाँ पार्टी


काठमाडौं । प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन् । साहले प्रदेशका अध्यक्ष र इन्चार्ज पनि तोकेका छन् । बिहीबार काठमाडौं कोटेश्वरको एक होटलमा भएको भेलाले प्रभु साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो ।

भेलाले प्रदेश १ अध्यक्षमा हरिप्रसाद पोखरेल र इन्चार्जमा रामप्रित पासवान, मधेशको अध्यक्षमा श्रीचन मुखिया र इन्चार्जमा उपेन्द्र साह, बागमतीको अध्यक्षमा नाम्गेल मोक्तान र इन्चार्जमा बद्री न्यौपाने रहेका छन् ।

त्यस्तै गण्डकीको अध्यक्षमा राजन यादव ‘मनोज’ र इन्चार्जमा बद्री न्यौपाने, लुम्बिनीको अध्यक्षमा परमानन्द वर्मा र इन्चार्जमा रीतादेवी यादव, कर्णालीको अध्यक्षमा सियाराम कुशवाह र इन्चार्जमा उपेन्द्र साह र सुदूरपश्चिमको अध्यक्षमा केशव राय चौधरी र इन्चार्जमा कुन्दन कुशवाह रहेका छन् । ४ मंसिरको चुनावअघि साहले एमाले छाडेका थिए ।