विश्वको सबैभन्दा धेरै वायु प्रदुषण काठमाडौंमा, विमानस्थल प्रभावित - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

विश्वको सबैभन्दा धेरै वायु प्रदुषण काठमाडौंमा, विमानस्थल प्रभावित


काठमाडौं । विश्वको सबैभन्दा धेरै वायु प्रदुषण काठमाडौंमा देखिएको छ । उपत्यकामा शुक्रवार अत्याधिक धुवा मिसिएको वायु भित्रियो । जसका कारण दिउँसो २ बजेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएको छ ।

विश्वभरका शहरहरूको हावाको शुद्धता मापन गर्ने स्वीट्जरल्याण्डको आइक्यूएयर डटकमका अनुसार शुक्रबार साँझको हावा विश्वकै सबैभन्दा दुषित भएको देखाएको छ ।

उक्त वेबसाइटका अुनसार शुक्रबार साँझ ५ बजेर १५ मिनेटमा काठमाडौंको हावाको गुणस्तर २ सय ९४ रहेको छ, जुन एकदमै स्वास्थयको लागि एकदमै अस्वस्थ हो । विमानस्थलका प्रवक्ता चन्द्र लाल कर्णले दिउँसो २ बजे देखि भिजिबिलिटी राम्रो नभएका कारण विमानस्थल अवरुद्ध भएको बताएका छन् ।

हावाको गुणस्तर नराम्रो भएको दोस्रो स्थानमा चीनको राजधानी बेइजिङ परेको छ । त्यहाँको हावाको गुणस्तर १ सय ८३ रहँँदा तेस्रो स्थानमा भारतको मुम्बइको हावाको गुणस्तर १ सय ७४ छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा भएको आगलागी र पश्चिमी वायुको आशिंक प्रभावका कारण काठमाडौंमा प्रदुषण बढेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगलागीबाट निस्किएको धुँवालाई पश्चिमी वायुले काठमाडौं ल्याएकाले हावाको गुणस्तर खस्किएको महाशाखाका मौसमविद् वरुण पौडेलल जानकारी दिए । अहिल रसुवा, नुवाकोट र काठमाडौं लगायतका जिल्लाको हावामा धुँवामा मात्रा अत्यधिक छ ।