डा सन्दुक रुइतलाई १३ करोड रुपैंयाँको प्रतिष्ठित इसा अवार्ड - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

डा सन्दुक रुइतलाई १३ करोड रुपैंयाँको प्रतिष्ठित इसा अवार्ड


काठमाडौं । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतलाई १३ करोड नेपाली रुपैयाँभन्दा बढी रकम बराबरको प्रतिष्ठित इसा अवार्ड पाउने भएका छन्। ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले मंगलबार डा रुइतलाई उक्त अवार्ड प्रदान गर्न लागिएको घोषणा गरेको हो।

बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त अवार्ड हरेक दुई वर्षमा प्रदान गरिँदै आइरहेको छ। यो पटक डा रुइतलाई प्रदान गर्ने निर्णय भएको संस्थाले जनाएको छ। यो अवार्ड सन् २००९ मा स्थापना भएको हो। तर वितरण भने सन् २०१३ देखि सुरु भएको हो।

ुइसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सार्वजनिक गरेको जानकारी अनुसार उक्त अवार्ड फेब्रुअरी महिनामा प्रदान गरिनेछ। ‘अवार्डको पाँचौं संस्करण अन्तर्गत सन् २०२३ मा डा सन्दुक रुइतलाई उक्त अवार्ड प्रदान गरिनेछ। अवार्डसँगै डा रुइतले १० लाख डलर अर्थात १३ करोड नेपाली रुपैयाँभन्दा बढी रकम, गोल्ड मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ,’ संस्थाले सार्वजनिक गरेको जानकारीमा उल्लेख छ।