होण्डा ९९ घण्टा अफर र होन्डा १ रुपैयाँको ‘अफर’ सार्वजनिक - रुपान्तरण
 २०८१ बैशाख ५, बुधबार    

होण्डा ९९ घण्टा अफर र होन्डा १ रुपैयाँको ‘अफर’ सार्वजनिक


काठमाडौं । होण्डा टु व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिब कम्पनी प्रालिले आफ्नो बाईकहरु होण्डा साईन र होण्डा ग्राजियामा दुईवटा आकर्षक उपहार योजनाहरु ल्याएको छ ।

योजना अनुसार, ग्राहकले अडर्र गरेको होण्डा साईनको कुनै पनि पार्टस् ९९ घण्टा भित्र पाउनेछन । यदि उक्त समयभित्र पार्टस् आइ पुगेन भने ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्नेछन ।

छिटो सर्भिसको ग्यारेन्टीसहित लागतमा सुविधाको वैकल्पिक अफरको रुपमा रहेको छ । होण्डा ग्राजियाको योजनामा, नयाँ होण्डा ग्राजिया खरिद गर्ने ग्राहकहरुले केवल रु। १ मा ३ वर्षको लागि सर्भिसिङ्ग र स्पेयर पार्टस्को लाभ लिन सक्नेछन् । ग्राहकवर्गले एकदमै न्यूनतम खर्चमा यो उत्साहजनक र सरल सर्भिस पाउन सक्ने कम्पनीले जनाएको छ ।