उमेश श्रेष्ठ स्वतः निर्वाचित भएको दाबी - रुपान्तरण
 २०८३ बैशाख १८, शुक्रबार    

उमेश श्रेष्ठ स्वतः निर्वाचित भएको दाबी


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले रवि लामिछानेको सांसद पद खारेज भएकोले आफूलाई स्वतः निर्वाचित गर्न माग गरेका छन् । आइतबार पत्रकार सम्मेलन गरी उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको उम्मेदवारी नै अवैध भएकाले आफू स्वतः निर्वाचित भएको दाबी गरे ।

सो क्षेत्रबाट ४९ हजार २६४ मत ल्याएर निर्वाचित भएका लामिछाने पदमुक्त भएपछि दोस्रो धेरै मत ल्याउने आफूलाई निर्वाचित घोषणा गर्नु पर्ने उनको माग छ । उनले आयोगले आफ्नो पक्षमा निर्णय नलिए सर्वोच्च अदालत जाने समेत चेतावनी दिए । उनले भने, ‘वैधानिक उम्मेदवारमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने म हुँ । यो तथ्यलाई निर्वाचन आयोगले अस्वीकार गर्न मिल्दैन ।’

सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ बाट चुनाव जितेका लामिछानेको पद खारेज गरिदिएपछि निकटतम प्रतिष्पर्धी श्रेष्ठ आइतबार सांसद दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिन पुगेका थिए । आयोगमा बिहान साढे ११ बजे सांसद दाबी गर्दै निवेदन दिएका हुन् । उनले आफूलाई विजयी घोषित गर्नुपर्ने माग गरेका छन् ।