भारतीय विदेश सचिब क्वात्रा नेपाल भ्रमणमा आउने - रुपान्तरण
 २०८३ बैशाख १८, शुक्रबार    

भारतीय विदेश सचिब क्वात्रा नेपाल भ्रमणमा आउने


काठमाडौं । भारतका विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने नेपाल भ्रमण गर्ने भएका छन्। उनका नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा २०७९ फागुन १ देखि २ गतेसम्म उनले नेपालको औपचारिक भ्रमण गर्ने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

विदेश सचिवको कार्यभार सम्हालेपछिको यो क्वात्राको पहिलो नेपाल भ्रमण हो। दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परो ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण हुन लागेको विदेश मन्त्रालयको दाबी छ। भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे व्यापक छलफल गर्ने बताइएको छ।