काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । राष्ट्रपतिको उम्मेदवारका लागि राष्ट्रिय सहमतिको खोजी गर्ने पनि बैठकले निर्णय गरेको छ ।
बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बताए । उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने र त्यसको अन्तिम निर्णय प्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई दिने निर्णय भएको बताए । उपाध्यक्ष महराले फागुन १२ गतेसम्म राष्ट्रिय सहमति हुनेमा विश्वस्त रहेको बताए । नयाँ राष्ट्रपतिको निर्वाचन फागुन २५ गते तोकिएको छ।
त्यस्तै बैठकले आफ्ना स्वार्थ मिल्नेसँग राष्ट्रपतिमा सहकार्य गर्ने निष्कर्ष निकालेको छ । स्वार्थ जोसँग मिल्छ त्यससँग सहकार्य गर्ने निष्कर्ष निस्केको जानकारी महराले दिएका हुन् ।