काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि प्रतिनिधि सभामा विश्वासको मत लिने बताएका छन् ।
बुधवार सुर्खेत विमान स्थलमा संचारकर्मीहरसँग कुराकानी गर्दे उनले आठ दल मिलेर रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाएकाले पौडेलको जित निश्चित भएको उल्लेख गरे । एक प्रश्नको उत्तरमा उनले आफू अरूलाई मन्त्री बनाउने अभियानमा लागेको भन्दै मन्त्री नबन्ने उल्लेख गरे । खड्काले यसअघि सरकारमा सहभागी नहुने घोषणा गरेका थिए । आफ्नै नेतृत्वमा कांग्रेस सरकारमा जाने चर्चा शुरु भएपछि त्यसलाई पूर्णरुपले अस्वीकार गर्दै नेता खड्काले आफू उक्त दौडमा नरहेको जनाएका हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लैख्दै उनले आफ्नो कुनै पनि व्यक्तिगत दाबी कुनै कुरामा नभएको स्पष्ट पारेका थिए ।
उपसभापति खड्काले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले विश्वासको मत पाउने पनि दाबी गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण अहिलेको आठ दलीय गठबन्धन बनेको पनि खड्काको भनाई थियो ।