त्रिकोणात्मक सिरिजमा नेपालले पीएनजीलाई हरायो - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

त्रिकोणात्मक सिरिजमा नेपालले पीएनजीलाई हरायो


काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यु गिनि(पीएनजी)लाई पराजित गरेको छ । नेपालका लागि ओपनर आसिफ शेख तथा सन्दीप लामिछानेले कीर्तिमानी साझेदारी गरेपछि पीएनजी ३ विकेटले पराजित भएको हो । पपुवा न्यूगिनीले दिएको १८० रनको लक्ष्य नेपालले अन्तिम २ ओभर बाँकी छँदा ७ विकेट गुमाएर पुर्‍याएको थियो ।

३२ ओभरमा ७ गुमाएर जम्मा १०५रनको स्थीतमा रहेको नेपालका लागि आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई ८६ रन बनाएर नेपाललाई जिताएका हुन । सातौ विकेटको क्षतिमा व्याटिङ गर्न आएका लामिछानेले पनि उत्कृट ब्याटिङ गर्दै ३५ रन बनाएर नेपाललाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले ।

नेपालका कुसल भुर्तेल ० रनमा, ज्ञानेन्द्र मल्ल ६ रनमा , भिम सार्की ८ रनमा, कप्तान रोहित पौडेल र आरिफ शेख एक एक रन बनाएर आउट भए । दिपेन्द्रसिंह एैरी ८ रनमा आउट भए । कुसल मल्ल २३ रन बनाएर आउट भए । यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पपुवा न्यूगिनीले ४९ दशमलब २ ओभरमा १७९ रन बनाउँदा सबै विकेट गुमाएको थियो। पपुवा न्यूगिनीलाई १७९ रनमा सिमित राख्न सोमपाल कामी र दिपेन्द्रसिंह एैरीले दुई दुई विकेट लिए ।

यस जितसँगै नेपाल ३१ खेलमा ३० अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३१ खेलमा ३ मा जित र २७ मा हारसहित ७ अंकका साथ पुछारमा छ । नेपाललाई शीर्ष तीनमा पर्दै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न बाँकी सबै ५ खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै एकदिवसीय मान्यता सोझै प्राप्त गर्न नेपालले चार जित आवश्यक छ।