रामचन्द्र पौडेलले कांग्रेस त्यागे - रुपान्तरण
 २०७९ चैत्र १७, शुक्रबार    

रामचन्द्र पौडेलले कांग्रेस त्यागे


काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको राजीनामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वीकृत गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार साँझ विज्ञप्ति जारी गर्दै सभापति देउवाले उनको राजीनामा स्वीकृत गरेका हुन् ।

फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएका कांग्रेसका वरिष्ठ नेता पौडेलले आइतबार बिहान पार्टीको सम्पूर्ण पद, जिम्मेवारी र साधारण सदस्यबाट समेत अलग हुने गरी सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा राजीनामा पेस गरेका थिए । कांग्रेस सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम आइतबारदेखि नै लागू हुने गरी उनको राजीनामा स्वीकृत गरेका हुन् ।