मन्त्री बन्न खोज्दा सांसद पद गयो - रुपान्तरण
 २०८३ बैशाख १८, शुक्रबार    

मन्त्री बन्न खोज्दा सांसद पद गयो


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट निष्कासन गरेको छ । दुई करोड अडियो काण्डमा उनको नाम मुछिएपछि पार्टीले साधारण सदस्य र सांसद पदबाट निष्कासन गरेको हो ।

सो पार्टीको बुधबार बसेको बैठकले सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णय समेत गरेको छ । बैठकपछि पत्रकार सम्मेलनमा रास्वपाका सभापति लामिछानेले बैठकमा श्रेष्ठले रकम मागेको सम्बन्धी अडियो आफ्नो नभएको जिकिर गरेको बताए ।

तर उनले अडियो तीन महिना अघिको भएको स्वीकारेसँगै उनी आफ्नै स्पष्टीकरणबाट भने फसेका छन् । यसअघि पनि उनले एक जना यु–ट्युबरसँगको अन्तर्वार्ताका क्रममा आफूले दुर्गा प्रसाईलाई नचिन्ने तर कसैले आफ्नो मोबाइलको दुरुपयोग गरेर फोन गरेको हुन सक्ने आशंका व्यक्त गर्दै सबैलाई सोच्न वाध्य पारेका थिए ।

श्रेष्ठले केही महिना पहिलेको अडियो अहिले ल्याएर प्रचार गर्नु पार्टीमाथि प्रहार भएको प्रतिक्रिया दिए । उनले उपनिर्वाचनलाई आफ्नो पार्टीलाई हराउन यो अडियो ल्याइएको दाबी गरे । उनी अदालत समेत गएको बताएका छन् । अडियो सार्वजनिक भएपछि उनी आफू अदालत गएको बताएका छन् । ‘उनले भने, ‘म हिजो मात्रै न्यायालय गइसकेको छु । मेरा शुभचिन्तहरू, तपाईंहरू निश्चिन्त हुनुहोला, म न्यायालयमा आफ्ना कुरा राखेर क्लिन चिट ल्याएर यसरी नै प्रेस मिट गर्नेछु’ ।’

व्यवसायी प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ बाहिरिएपछि पार्टी कार्यालय बसेको केन्द्रीय समितिको बैठकले सांसद श्रेष्ठलाई साधारण सदस्य समेत नरहनेगरी निष्कासित गरेको हो ।