मिटरब्याज पीडितको समस्या समाधान गर्न अध्यादेश - रुपान्तरण
 २०८१ बैशाख २६, बुधबार    

मिटरब्याज पीडितको समस्या समाधान गर्न अध्यादेश


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्‍यादेश २०८० जारी गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको सिफारिसमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष अध्यादेश पठाउने निर्णय गरेको थियो । सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि उक्त अध्यादेश ल्याएको हो । सरकारले मिटरब्याजलाई अनुचित लेनदेनको रुपमा परिभाषित गरी कानुनी रुपमा दण्डनीय बनाउन उक्त अध्यादेश ल्याएको हो ।

यसअघि सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । मन्त्रिपरिषद बैठकले विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तमबहादुर सुवेदी र डिआईजी गणेशबाबु अर्याल रहेको आयोग गठन गरेको हो।