युथ पार्लियामेन्टका अध्यक्ष अर्याललाई राष्ट्रिय युवा प्रतिभा सम्मान - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

युथ पार्लियामेन्टका अध्यक्ष अर्याललाई राष्ट्रिय युवा प्रतिभा सम्मान


काठमाडौं । ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कारबाट सम्मानित भएका छन् ।

लामो समयदेखि युवाका विविध सवालमा काम गर्दै आएका अर्याललाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले यसबर्षको राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कारबाट नगद रू १ लाखसहित सम्मान गरेको हो । युवाका विभिन्न क्षेत्रमा प्रत्येक बर्ष १० जना युवालाई गरिदैं आएको सम्मान यसपटक युवा शशक्तिकरण र नेतृत्व बिकास क्षेत्रबाट अर्याल सम्मानित भएका हुन् ।

धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ४ मा ढोलामा जन्मिएका ३२ बर्षीय अर्यालले ग्लोबल युथ पार्लियामेन्टलाई अहिले विभिन्न देशमा फैलदै ८६ मुलुकमा शाखा विस्तार गरिसकेका छन् । यस्तै ८० वढी देशका युवालाई सहभागि गराएर युवाको राष्ट्रिय सम्मेलन समेत गरिसकेका छन् । युवा तथा खेलकुद मन्त्रालयमा आयोजित सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु र मन्त्रालयका सचिव सूर्य प्रसाद गौतम लगायतको सहभागिता रहेको थियो ।

अर्याललाई यसअघि नेपाल सरकारले “समाजसेवा रत्न २०७९” विभुषणदबाट समेत विभुषित गरिसकेको छ । उनले नेपालको प्रवर्द्धन तथा अन्तर्राष्ट्रीय सम्वन्ध र कुटनीतिमा समेत महत्वपुर्ण योगदान पुर्‍याएका छन् ।

"

"