वायु प्रदूषण केही कम, मौसम खुल्यो - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

वायु प्रदूषण केही कम, मौसम खुल्यो


काठमाडौं । काठमाडौं सहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेसँगै वायु प्रदूषण केही कम भएको छ । गएराति काठमाडौंसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेपछि वायु प्रदूषण सूचकाङ्क १५० भन्दा तल झरेको हो । यो लक्षित समूहका लागि अस्वस्थ अवस्था हो । नेपालको वायु प्रदूषण अति हानिकारक अवस्थाबाट सुधार भएर हिजो अस्वस्थ अवस्थामा झरेको थियो ।

शनिवार फेरि सुधार भएर निश्चित समूहका लागि मात्रै अस्वस्थ अवस्थामा आइपुगेको हो । यो समयमा विशेष गरेर पाको उमेर समूहका, बालबालिका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका दीर्घरोगीहरूले विशेष सावधानी अपनाउनुपर्ने जनस्वास्थ्यविद्हरू बताउँछन् ।

केही दिनअघि नेपालको वायु प्रदूषण विश्वकै सबैभन्दा धेरै उच्च हानिकारक अवस्था अर्थात ४७० एक्यूआईमा पुगेको थियो यस्तै, हिजो हावाहुरीसहित पानी परेपछि देशका धेरैजसो ठाउँको मौसम खुलेको छ ।