सोमनाथ घिमिरे अमेरिकाको क्विन्स डेमोक्र्याटिक पार्टीको जुडिसियल डेलिगेट्समा निर्विरोध निर्वाचित - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

सोमनाथ घिमिरे अमेरिकाको क्विन्स डेमोक्र्याटिक पार्टीको जुडिसियल डेलिगेट्समा निर्विरोध निर्वाचित


काठमाडौं । अमेरिकामा बसेर सक्रिय रुपमा समाजसेवा गरिरहेका मोरङ, विराटनगरका सोमनाथ घिमिरे न्युयोर्क राज्यको क्विन्स काउन्टी अन्तर्गत ऐसेम्बली जिल्ला ३० को क्विन्स डेमोक्र्याटिक पार्टीको तर्फबाट जुडिसियल डेलिगेट्समा निर्विरोध निर्वाचित भएका छन् । घिमिरे उक्त जिल्लामा प्रथम नेपाली अमेरिकन निर्विरोध भएका हुन् ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष हुन । उनी विगत २७ बर्षदेखि अमेरीकाको न्युयोर्कलाई कर्मथलो बनाई विभिन्न सामाजिक एवं अमेरिकी मूलधारको राजनीतिमा दुई दशकदेखि सक्रिय छन् ।

उनी विशेष गरी कोरोना कहरको समयमा फाउन्डेशन टीमको सकृय साथ र सहकार्यसँगै विभिन्न मानवीय सहयोगमा अहोरात्र खटिएका थिए । क्विन्स क्षेत्रलाई केन्द्रमा राखी उनले राष्ट्रपति बाईडेन, ओबामा र क्लिन्टनको राष्ट्रपतीय चुनावीअभियानमा डेमोक्रेटिक पार्टीको सिपाही स्वयंसेवक भएर खटिएका थिए ।

साथै उनी राष्ट्रिय (संघीय)राज्य र स्थानीय तहमा धेरैडेमोक्रेटिक अभियानहरूमा स्वयंसेवक छन् । न्युयोर्कका संघीय मेम्बरहरु, मेयर, काउन्टी प्रमुख एवं सीटी काउन्सिल मेम्बरहरु, ऐसेम्ब्ली मेम्बरहरु र पार्टीको उच्च कमान्डको प्रत्यक्ष साथ सहयोग एवं निर्देशनमा रही सामाजिक कार्यमा खटिएका थिए । घिमिरे विराटनगरमा हुंदा २०४५÷४६ सालको प्रजातान्त्रीक जनआन्दोलनमा नेविसंघ, तरुण दल र नेपाल शिक्षक संघसॅंग आबद्ध भएर सक्रिय भएका थिए ।

हाल उनी साउथ एसियन फरअमेरिका न्युयोर्क राज्यको राज्य निर्देशक छन् भने एलायन्स फर साउथ एशियन अमेरिकन लेबरको राष्ट्रीय उपाध्यक्ष छन् । उनलाई डेमोक्र्याटिक पार्टी एवं समाजलाई पुर्याएको भुमिकाको उच्च मुल्याकंन गर्दै डिस्ट्रिक्ट ३० को जुडियियल डेलीगेट्सको उम्मेदवारीमा निर्विरोध गरिएको हो ।

जीपी कोइराला फाउन्डेशनकी केन्द्रीय संस्थापक अध्यक्ष सुजता कोइराला एवं अमेरिका च्याप्टर परिवार घिमिरेलाई उनको भुमीकाप्रति उच्च मुल्याकंन गरी डेमोक्र्याटिक पार्टीले निर्विरोध निर्वाचित गरेकोमा डेमोक्र्याटिक पार्टीप्रती हार्दिक धन्यवाद ज्ञापनगर्दै वहाँलाई हार्दिक बधाई ज्ञापन गरेको छ ।