अन्तर्राष्ट्रिय सीमामा कुनै न कुनै रूपको निगरानी गरौं - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

अन्तर्राष्ट्रिय सीमामा कुनै न कुनै रूपको निगरानी गरौं


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खुला अन्तर्राष्ट्रिय सीमामा कुनै न कुनै रूपको निगरानी गर्नुपर्ने बताएका छन् । मंगलबार राजधानीको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सम्पन्न छैठौं राष्ट्रिय सुरक्षा सम्बन्धी विशिष्ट तालिमको समापन समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

खुला सीमाबाट प्रवेश गर्ने हरकोहीले प्रमाणित परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिनुपर्ने धारणा पनि प्रधानमन्त्रीको थियो । ‘विमानस्थलमा परिचयपत्र देखाउनुपर्ने, गाडीबाट आउँदाजाँदा नपर्ने रु किन परिचयपत्र बोकेर किन हिडन सक्दैन मान्छे रु’, उनको प्रश्न थियो ।

हाम्रो सुरक्षालाई ध्यानदिने हो भने देश भित्र कुन देशको मान्छे के भनेर कहिलेदेखि कति समयका लागि आएको छ भन्ने थाहा हुनुपर्ने बताउँदै ओलीले भने, ‘म्यानमारका रोहिंग्या शरणार्थी कसरी आउँछन् यहाँरु हाम्रो सीमा भारतसँग पो खुल्ला हो म्यानमारसँग हो र ? विगतमा भुटानसँग थियो र ?, । यसमा कसैले के भन्छकी भन्नु नपर्ने भनाई पनि ओलीको थियो

राष्ट्रिय सुरक्षा देशलाई नयाँ खालका सुरक्षा चुनौतिबाट जोगाउन देशभित्र सामाजिक सद्भाव कायम राख्दै बाह्य द्वन्द्वका बाछिटाहरु नभित्रिउन् भन्नेमा सतर्क हुनुपर्ने विचार उनले विचार राखे ।

अब नेपालबाट हिंसाको राजनीति अन्त्य गरिएको र हिंसामा प्रवेश गरेको देशबाट अन्तिम किस्तामा हिंसात्मक गतिविधि समाप्त पारिएको पनि उनले बताए । ‘हाम्रो देशको यथार्थ विविधता हो, आवश्यकता एकता हो । विविधता सुन्दरता हो र एकता बल हो’ प्रधानमन्त्रीको भनाई थियो ।