गोरेटो कन्सलट्यान्सीको सक्रियता, क्यानडाको भिषा लागिसकेका विद्यार्थीलाई टिप्स - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

गोरेटो कन्सलट्यान्सीको सक्रियता, क्यानडाको भिषा लागिसकेका विद्यार्थीलाई टिप्स


काठमाडौं । क्यानडामा उच्च शिक्षाका लागि जाने तयारीमा रहेका र भिषा आइसकेका विद्यार्थीहरुको आत्मविश्वास बढाउने र थप जानकारी दिने उद्धेश्यले गोरेटो कन्सलट्यान्सीले एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ ।

राजधानीमा आयोजित कार्यक्रममा भिषा लागिसकेका ३ सय बढी बिद्यार्थी र उनीहरुका अविभावकहरुलाई सुसुचित गराउने, क्यानडा जानु अघि के कस्ता सामाग्रीहरुको आवश्यकता पर्छ, भिषा आएको कति समयमा टिकट लिने, सपिगं कसरी गर्ने भन्ने लगायतका दर्जन बढी विषयमा अन्तरक्रियात्मक कार्यक्रमका अवसरमा जानकारी दिइएको थियो ।

सो अवसरमा सिनियर काउन्सलर तथा गोरेटोका सिइओ समेत रहेका धिरज कँडेलले क्यानडा जानुपुर्व अपनाउनुपर्ने सावधानी, क्यानडा पुगिसकेपछि काम खोज्ने तरिका, लगायतका विषयमा जानकारी दिएका थिए । सिइओ कँडेलले भिषा आइसकेपछि भ्याक्सिन लगाउनुपर्ने, टिकट कसरी लिने र पासपोर्टको ख्याल कसरी राख्ने, जानुपूर्व भ्यालिड मेडिकल रिपोर्ट बनाउने, कलर एनओसी, क्यानेडियन डलर कति साट्ने, अन्य सामाग्रीहरु के के लैजाने, भन्ने लगायतका विषयमा जानकारी दिएका थिए । सिइसो कँडेलले नेपालमा नै सपिगं सस्तो हुने भएकाले अत्यावश्यक सामाग्रीहरु यहीँ किन्न र सम्भव भएमा ल्यापटप र मोवाइल पनि सँगै लैजान पनि सुझाव दिएका थिए ।

सो अवसरमा अर्का सिनियर काउन्सलर तथा एसओपी समिक्षक समेत रहेका शतिस भट्टले विदेशमा विद्यार्थीहरु फ्रस्टेशनमा जाने संभावना बढी हुने भएकाले त्यसबाट कसरी बच्ने भन्ने विषयमा सावधानी अपनाउने तरिका, कसरी व्यस्त बन्ने रु परिवारसँग नियमित सम्पर्कमा कसरी आउने र मनोरोग लगायतका समस्याबाट बच्चे उपायहरुका बारेमा जानकारी दिएका थिए । त्यस्तै क्यानडाको समाजमा नेपालको तुलनामा स्वतन्त्रता हुने भएकाले बिद्यार्थीहरु छिट्टै लागू औषधको लतमा फस्न सक्ने जोखिम हुने भएकाले यसबाट अहिले नै सुसुचित हुँदै सर्तकता अपनाउने कुरामा जोड दिए ।

त्यस्तै सो अवसरमा गोरेटोका संचालक मध्येका एक राम खड्काले विदेश जाँदा ट्रान्जिटमा आउने समस्या र अपनाउन पर्ने उपायहरुका बारेमा जानकारी दिएका थिए । उनले ट्रान्जिटमा आत्मविश्वास बढाउनुपर्ने, सोधिएका प्रश्नको उत्तर नडराई बताउने लगायतका टिप्सहरु दिएका थिए । कार्यक्रममा बोल्दै खड्काले बिद्याथीहरुले क्यानडामा आदर सत्कार, कृतज्ञता दर्शाउनुपर्ने टिप्सहरु दिउका थिए । उनले क्यानडामा व्यक्ति ठूलो होस् वा सानो सबैले नामले नै बोलाउने प्रचलनका बारेमा पनि जानकारी दिएका थिए ।

त्यस्तै गोरेटोका सिनियर काउन्सलर प्रकाश रेग्मीले आफ्नो लामो समयको डेनमार्क बसाईको अनुभव सुनाउँदै विदेशमा सबै कुराहरु आफ्नो बसमा नहुने हुँदा परिस्थिती अनुसार चल्नुपर्ने भएक कारण कुनै मोडमा पनि आत्तिन नहुने र आँफु जति खुल्न सक्यो त्यति नै सिक्ने र कमाउने अवसरहरु आउने कुरामा जोड दिए । उनले क्यानडामा काम खोज्ने टिप्सहरु, आत्मविश्वास बढाउने तरिका, नयाँ समाज र परिस्थितिमा घुलमिल हुने तथा सामना गर्ने तरिकाहरुको विषयमा पनि जानकारी दिए ।

त्यस्तै रेग्मीले विदेशमा अध्ययनको क्रममा रहँदा आफ्नो मातृभूमि, धर्म, संस्कार र परिवारलाई कहिल्यै नबिर्सी आफ्नो करियरमा लाभ हुने तरिकालाई आत्मसाथ गर्दै अघि बढ्न सुझाव दिए । क्यानडामा रहँदा वैधानिक हिसावले रहेर त्यहाँको कानुन तथा बिद्यार्थीको भिषाआज्ञा अनुसार पढाई तथा कामको अवधीको सिमा ननाघ्ने गरी पढ्न तथा काम गर्न सुझाव दिए । ठूलो संख्यामा बिद्यार्थी र अविभावकहरुको उपस्थिती रहेको कार्यक्रममा ३ पटकसम्म गिनिज बुफ अफ वल्र्डस रेकर्डमा नाम लेखाइसकेका नवल पंजियारले आत्मविश्वास बढाउने, सकारात्मक सोच बढाउने, स्मरण शक्ति बढाउने लगायतका टिप्स दिएका थिए ।