काठमाडौंमा २०औं नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

काठमाडौंमा २०औं नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव


नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक(एलजीवीटीआइ) समुदायले विभेदरहित र लाल्छनामुक्त समाज निर्माण र समान अधिकार प्राप्तीको माग राख्दै काठमाडौंमा २०औं नेपाल गौरव यात्रा तथा गार्इजात्रा उत्सव मनाएका छन् ।

नेपाल स्थित अमेरिकी दुताबास र राइट हेयर राइट नाउ नामक संस्थाको सहयोगमा नीलहिरा समाजले गाइजात्रा उत्सवको आयोजना गरेको हो । उत्सवमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री सुरेन्द्र राज आचार्य, नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसन, विभिन्न राजदूताबासका प्रतिनिधिलगायत देशभरका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्ति सहभागी थिए ।

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले समुदायका व्यक्तिहरुमाथि विभेद र अपमानपूर्ण व्यवहारका कारण आत्महत्या र मानासिक समस्या बढ्दै गएकोप्रति दुःख व्यक्त गरिन । उनले भनिन,‘दुई दशक लडेर हामीले धेरै अधिकार प्राप्त त गरिसकेका छौं तर अझैपनि समाजको दृष्टिकोण फेरिएको छैन । अपमान र लाल्छना कायम रहेकाले सम्मानजनक पूर्वक बाँच्ने वातावरण सबै नागरिकहरुले बनाइदिनुहुन्छ भन्ने अपेक्षा गरेका छौं ।’ उत्सवमा अवसरमा समलिंगी विवाहको अधिकार सम्बन्धी मुद्दामा अदालतमा रहेकाले चाँडै फैसलाका लागि आब्हान समेत गरिएको छ ।