युवराज गौतम - रुपान्तरण
 २०८१ श्रावण १२, शनिबार    

लेखक परिचय

युवराज गौतम

युवराज गौतम रुपान्तरण डटकमको सम्पादन संयोजनको जिम्मेवारीमा हुनुहुन्छ । डेढ दशकदेखि पत्रकारितामा क्रियाशील उहाँ राजनीतिक, सामाजिक, मानव अधिकार साथै पर्यटन क्षेत्रमा कलम चलाउन रुचाउँनुहुन्छ । इलामबाट पत्रकारिता शुरु गर्नुभएका गौतम अन्य संचारमाध्यममा पनि क्रियाशील हुनुहुन्छ ।

जलवायु परिवर्तनको असर र मिडिया सचेतना

- युवराज गौतम   

विश्वभर जलवायु परिवर्तनको असरबारे चासो र चिन्ता छ । प्राकृतिक जोखिम दिनप्रतिदिन बढ्दै गएको र मानवीय जीवनका लागि आवश्यक जलस्रोत, वातावरण, उत्पादनजस्ता क्षेत्रमा देखिएको प्रभावले चिन्ता थपिदै गएको छ । हिमालै हिमालको देश नेपालमा हिउँको मात्र घट्दै जानु, हिमनदीहरु फुट्ने जोखिम बढ्नु, लामो समयसम्म खडेरी परेर कृषिजन्य बस्तुको उत्पादनमा कमी आउनु, पानीका मुहानहरु सुक्दै जानु अनि क्षणभरमै बाढी र डुबानले जनधनको क्षति हुनुलाई जलवायु परिवर्तनको असर मानिन्छ । यसका निम्ती विकसित देशहरुले प्रभावकारी कार्यक्रम र योजनाहरु अघि सारेका छन् ।"

संविधान शंसोधनका लागि वौद्धिक वहस

- युवराज गौतम   

गणतन्त्र, लोकतन्त्र, समानुपातिक समावेशीता र संघीयता नेपालको संविधानको मुल मर्म हुन् । तर संविधान कार्यान्वयनमा समस्या आउँदा यसको पुनरावलोकनको वहस सुरु भएको छ । संविधानबारे जानकारहरु संविधान संशोधन गर्नुपर्नेमा अडिक देखिएका छन् । यसका लागि औपचारिक रुपमा बौद्धिक क्षेत्रबाट बहस सुरु भएको छ । पूर्वसभामुख दमननाथ ढुंगानाको अध्यक्षतामा रहेको संसदीय अध्ययन तथा विकास संस्थापनाको अग्रसरतामा आजदेखि औपचारिक रुपमा बौद्धिक बहस सुरु भएको हो । संविधान पुनरावलोकनका लागि पनि जारी भएको १० बर्ष कटाउन नहुने तर हाल नौं बर्ष भइसकेकाले पनि शंसोधनको बहस सुरु गरिएको हो ।