बीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालको अध्यक्षमा इन्दिरा थापा चयन - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

बीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालको अध्यक्षमा इन्दिरा थापा चयन


काठमाडौं । बीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालको अध्यक्षमा सांसद इन्दिरा थापा चयन भएकी छन् । विहीबार बसेको साधारण सभाले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा डा.जय बहादुर टन्डन, महासचिबमा डा.विजय मिश्र र कोषाध्यक्षमा राजन खत्री चयन भएका छन् । त्यस्तै सदस्यहरुमा प्राडा बिपिन अधिकारी, प्राडा जिवराज पोख्रेल, वरिष्ठ अधिवक्ता सिताराम केसी, हरि ढुंगाना, डा.तुलसी गौतम, मेयर बसन्त बस्नेत र इलामका क्रियाशील युवा निस्कल राई रहेका छन् ।

नयाँ कार्यसमितिले ७७ वटै जिल्ला र सातवता प्रदेशमा बीपी संवाद कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ । सभाको बैठकले पहिलो चरणमा जिल्ला स्तरीय संवादअन्तर्गत धनकुटा र प्रदेशस्तरीय अन्तर्गत इटहरीमा वीपी संवाद कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो