म उभिइरहन्छु - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

म उभिइरहन्छु


काठमाडौं । साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै आन्दोलनरत ईः सहितका अभियन्ता र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहिन टुंगिएको छ । महानगरको वार्ता टोली र ईःका प्रतिनिधिबीच मंगलबार अबेर रातिसम्म चलेको वार्ता बिना निष्कर्ष टुंगिएको वार्तामा हो ।

वार्तामा प्रवक्ता मानन्धर, मेयर बालेन शाहको सचिवालयबाट कुमार बेनलगायत सहभागी रहेका थिए भने अभियन्ता ईःका तर्फबाट प्रतिनिधि गोविन्द नारायणलगायत सहभागी थिए । वार्तामा काठमाडौं महानगरले सडक व्यवसायीलाई स्थान तोकेर व्यापार गर्न दिन लचिलो भए पनि व्यवसायीले त्यो स्वीकार नगरेका कारण वार्ता बिथोलिएको अनुमान गरिएको छ ।

वार्तामा ४ बुँदे सहमति हुने करिव निश्चित भएपनि एउटा बुँदा मेयर शाहले संशोधन गरेपछि वार्ता भांँडिएको बुझिएको छ । शहरका गरिबलाई गरिखान दिनुपर्ने लगायतका माग राखेर अभियन्ता ईः विगत ८ दिनदेखि उभिएर आन्दोलनरत छन् ।

ई(समूह अर्थात इशान श्रेष्ठको विरोध जारी रहँदा यो विषय थप जटिल बन्दै गएको छ । महानगरपालिकाले शहरी सौन्दर्य, सभ्यता र पैदलयात्रीको सुविधाका लागि चालेको अभियानमा आमरुपमा समर्थन रहेको पाइन्छ । तर, त्यसक्रममा नगर प्रहरीबाट भएका ज्यादतीको भने सर्वत्र आलोचना हुने गरेको छ । साना व्यवसायीहलाई विना विकल्प ज्यादतीपूर्ण किसिमले हटाइएकोमा उनीहरुको विरोध छ ।

इसान श्रेष्ठको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी आफूहरुले राखेको केही बुँदामा लचिलो भएता पनि महानगरले असमति जनाएपछि वार्ताले सार्थकता नपाएको भनइ ई समूहको छ । घाम र पानीको वेवास्ता गरी दिन रात उभिएर साना व्यवसायीहरुको समर्थनमा मौन विरोध गरिरहेका इसान श्रेष्ठ भने व्यवसायीहरुको मागको उचित सम्बोधन नभएसम्म विरोध जारी नै रहने बताउँछन् । आफ्नो खुट्टालाई जति असर परेपनि उभिराख्ने अभियन्ता श्रेष्ठ बताउँछन् ।

 

"