उभिरहेका इशानको आन्दोलन फिर्ता - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

उभिरहेका इशानको आन्दोलन फिर्ता


काठमाडौं । काठमाडौँ महानगरपालिकासँग ४ बुँदे सहमतिपछि अभियन्ता ईः भनिने इशान श्रेष्ठले बुधबार रातिदेखि आफ्नो आन्दोलन फिर्ता लिएको घोषणा गरेका छन् ।

महानगरले सडक व्यापारीको अस्तित्व स्वीकार गरेको भन्दै उनले सहमतिपछि आन्दोलन फिर्ता लिएको जानकारी दिए । उनले महानगरपालिकाले यसअघि सिज गरेको सडक व्यापारीको सामान फिर्ता गर्ने र फुटपाथमा व्यापार गर्ने विषयमा समिति निर्माण गर्ने सहमति भएको बताए । उनले साताभित्र व्यापार गर्ने ठाउँ तय गरिसक्ने पनि बताए ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कार्यालय अगाडि ईः र उनका साथीहरुले फुटपाथ व्यवसायीको पक्षमा उभिएर आन्दोलन गर्दै आएका थिए ।