दशैँ मनाउन घर फर्किनेहरुको लर्को - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

दशैँ मनाउन घर फर्किनेहरुको लर्को


काठमाडौँ । दशैंको सातौँ दिन अर्थात फुलपाती विभिन्न शक्तिपीठ, दसैँघर, कोत तथा घरहरुमा फूलपाती भित्र्याइँदै छ । घटस्थापनाको दिन दुर्गालाई आह्वान गरेर विधिपूर्वक पूजा गरेको स्थानमा उखु, अशोकको फुल, हलेदो, धानको बाला, बेलपत्र, केराको बोट, दारिम, जयन्ती लगायतका पालुवा–फुलपाती भित्र्याउने गरिन्छ ।

यत, दशैँ मनाउन घर फर्किनेहरुको लर्को लागेको छ । शनिवार बिहानैदेखि काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरुमा घर जानेहरुको लर्को लागेको छ । काठमाडौंका कोटेश्वर, नयाँ बसपार्क, जडिबुटी, गोंगबु, बालाजु, कलंकी लगायतका क्षेत्रमा घर जानेहरु आफ्ना झोला सामान बोकेर उभिएका छन् ।

दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेका छन् । हरेक वर्ष दशैँ, तिहार, छठ मनाउन काठमाडौं उपत्यकाबाट घर छोड्नेहरुको संख्या उल्लेख्य हुने गरेको छ । घटस्थापनापछि शुक्रबार दिउँसोसम्म करिब चार लाख ६६ हजार बढीले उपत्यका छाडेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।