सेयर लगानीकर्ताहरुको पूँजी सात महिनामा १६ खर्बले बृद्धि - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

सेयर लगानीकर्ताहरुको पूँजी सात महिनामा १६ खर्बले बृद्धि


काठमाडौं । लामो समय ठूलो परिमाणमा घट्दै आएको सेयर बजारको पुँजीकरण पछिल्लो ७ महिनामा भने उल्लेख्य वृद्धि भएको छ । सेयर लगानीकर्ताहरूको पुँजी ७ महिनामा १६ खर्ब भन्दा धेरैले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार चालू आर्थिक वर्षको ७ महिनामा सेयर बजारको पुँजीकरण १६ खर्ब १३ अर्ब ४१ करोड रुपैयाँले बढेको हो । गत असार मसान्तमा सेयर बजारको पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो । ७ महिनाको अवधिमा बढेर माघ मसान्तसम्म सेयर बजारको पुँजीकरण ३४ खर्ब ६ अर्ब १७ करोड ४९ लाख रुपैयाँ नाघेको छ ।

एक महिनाकै अवधिको तुलना गर्ने हो भने पनि ४ खर्ब हाराहारीले पुँजीकरण बढेको छ । गत पुस मसान्तमा सेयर बजार पुँजीकरण ३० खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँ रहेकोमा पछिल्लो समय कम्पनीहरूको सेयर मूल्य बढ्दै जाँदा लगानजीकर्ताहरूको पुँजीमा वृद्धि भएको हो । यद्यपि, सेयर मूल्य बढेको कारणले मात्रै नभइ थपिएका केही नयाँ कम्पनीको पनि योगदान रहेको छ ।

"