मोटरसाइकल र टेम्पो दुर्घट्ना बढ्दै, एकै दिन १२ दुर्घट्ना - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

मोटरसाइकल र टेम्पो दुर्घट्ना बढ्दै, एकै दिन १२ दुर्घट्ना


धरान । शहरीकरणसंगै व्यक्तिगत सवारी साधनको प्रयोग बढेकाले त्यस्ता सवारीको दुर्घट्ना संख्या पनि बढ्दै गएको छ । प्रदेश १ मा सोमवार एकैदिन मोटरसाइकलका आठ, तिनपाङग्रे टेम्पोका चार दुर्घट्ना भएका छन् । घट्नामा २० घाइते भएका छन् । ट्रकको ठक्करबाट एकको मृत्यु भएको छ ।

प्रदेश ट्राफीक प्रहरी कार्यालय इटहरीले जनाए अनुसार दुर्घट्नाहरु झापा, मोरङ, सुनसरी, खोटाङ, उदयपुरमा भएका हुन् । तिब्रगति, लापरवाही, सडकको प्रकृति थाहा नभई सवारी चलाउँदा दुर्घटना भएको जनाइएको छ ।

तिब्र गतिमा आएको ट्रकले झापाको मेचीनगर–७ एनएमसी डेरी नजिक डब्लुबी ७३ बी ३३२४ को भारतीय ट्रकले ठक्कर दिंदा साइकल यात्री ३२ वर्षीय मनोज मेचेको मृत्यु भएको छ । घाइते अवस्थामा अस्पताल पु¥याउँदा उनको बाटैमा मृत्यु भएको हो ।

सुनसरीको इनरुवा–२ मा मोटरसाइकलको ठक्कर बाट १७ वर्षिया मन्जु साह घाइते भएकी छन् । ठक्कर दिने बिराटनगर–४ का २४ वर्षिय सुजित माझी पक्राउ परेका छन् । खोटाङको दिक्तेलबाट नजिक घुमाउरो सडकमा दुई मोटरसाइकल जुझ्दा पछाडि बसेका वर्षीय चित्रबहादुर आचार्यको दाहिने खुट्टा भाचिएको छ । स ११ प १५६ र प्र २–०२–००३ प ००७३ नं.को मोसा आपसमा जुझेको हो । चालकहरु २८ वर्षीय राम बजगाई र ४५ वर्षीय सन्तोष कुमार चौधरीलाई नियन्त्रणमा लिइएको छ ।

यसैगरी झापाको मेचीनगर–९ खुठीडाँगीमा तिब्रगीतमा हाँकेको दुई मोटरसाईका जुझ्दा को.२८प ४८१४ का चालक ४५ वर्षिय नरबहादुर दाहाल गम्भिर घाइते भएका छन् । े मे.८ प ५५६१ नम्बरका मोटसाइकल चालक तत्काल फरार भएको ट्राफिक प्रहरीले जनाएको छ । सुनसरीको देवानगञ्ज–१ मा पनि दुई मोटरसाइकल जुझ्दा को ५ प १५५८ का चालक ४५ वर्षिय हेयर अन्सारी घाईते भएका छन् । को ३१ प १४४८ मोटरसाइकलको चालक फरार भएका छन् ।

मोरङको सुन्दरहरैचा–९ बुधवारमा मोटरसाइकलले लहरी ट्रकलाई ओभरटेक गर्दा ठक्कर खाई बलेरो जीपमा समेत ठोक्किएर ३६ प.३८३२ मोटरसाइकल चाल ईटहरी–४ का ३२ वर्षीय दिपेश पराजुली घाईते भएका छन् । उनले राजमार्गमा युपी–७०–सीटी १४७९ नम्बरको लहरी ट्रकलाई ओभरटेक गर्दा डब्लुबी–७३ बी १६९१ को बलेरोमा ठोक्किएको हो ।

सुनसरीको रामधुनी–५ राजमार्गमा कुकुरलाई ठक्कर दिदा अनियन्त्रित भई ट्रकमा ठोक्किदा मोटरसाइकल चालक ईटहरी–८ का २८ वर्षीय कुन्दन गोश्वामी घाइते भएका छन् । को ३७ प ८७२१ मोटरसाइकल मे १ ख २९१० नम्बर ट्रकमा ठोक्किएको हो ।

उदयपुरको त्रियुगा–२ मिलन चौकमा स ३ प ३९६० को मोटरसाइकलले ठक्कर दिदा साइकल यात्री राम उदिश चौधरी र चालक १९ वर्षीय सुशान्त चौधरी घाइते भएका छन् । मोरङको उर्लावारी–९ आम्बाडीमा तिब्र गतिमा चलाउँदा को १ ह ४०५६ को तिन पाङग्रे टेम्पो आफै अनियन्त्रित भएर पल्टदा १ गम्भिर सहित ३ घाइते भएका छन् । घाईतेहरुमा े चालक ३९ वर्षिय महेन्द्र चोङवाङ, ४३ वर्षीय खगेन्द्र चोङवाङ, ७१ वर्षिया धनमाया लावती, ६१ वर्षीया धनमाया आङदम्वे छन् ।

झापाको विर्तामोड–४ मा टेम्पो र मोटरसाइकल ठक्कर खादा मोटरसाइकल चालक हल्दिबारी–१ का ३५ वर्षीय अबि अर्याल घाईते भएका छन् । मे १ ह ६१५४ को टेम्पो र को.२१ प.९४५७ को मोटरसाइकल ठोक्किएको हो । घट्ना टेम्पोको लापरवाहीले भएको ट्राफीक प्रहरीले जनाएको छ । तेह्रथुमको म्याङलुङमा मे १ ह २५८८ टेम्पो आफैं अनियन्त्रित हुँदा ३ जना घाइते भएका छन् । घाइतेहरुमा फेदाक–२ का ५८ वर्षीया घर्तिमाया लिम्बु, ५६ वर्षका भोजबहादुर लिम्बु, २२ वर्षका दुर्गा सुबेदी छन् ।

यसैगरी मोरङको कानेपोखरी–२ कालीथानमा को २ ह ४०७२ को टेम्पो तिब्रगतिका कारण आफै अनियन्त्रित भएर पल्टदा चालक रंगेली–७ का ३६ वर्षीय राजेश मण्डल र ३० व वर्षीयसरोज बि.क. घाइते भएका छन् । सुनसरीको इनरुवा–९ मा सिटी सफारी को २ ह ४१४७ आफै अनियन्त्रित ११ वर्षीय बालक निखिल खत्वे घाईते भएका छन् ।

सुनसरीकै गढीगाउँपालिका–५ मा को १ च ७५३० को मारुति भेन र कोप १ ह ७५३० को सिटि सफारी ठक्कर खाँदा सिटिका यात्री ४५ वर्षिया सोनावति सरदार घाइते भएकी छन् । घट्ना खराब सडकको कारण भएको ट्रफिक प्रहरीले जनाएको छ ।

झापाको शिवसताक्षी– ९ दुधेमा को.१ ख ३५९६ बसबाट ओर्लदा बसको लापर्वाहीले झापा कचनकवल–३ की ६९ वर्षिय देबीप्रसाद तिम्सिना गम्भिर घाइते भएका छन् । सुनसरीको बराहक्षेत्र–५ राजधामी चौक चतरा–पकली सडकमा ना ४ख ७१६६ ट्याङकरले ठक्कर दिदा ३६ वर्षिया प्रजावती राजधामी घाइते भएकी छन् ।