रामबहादुर थापाको रिक्त पदमा पूर्तिको लागि उपनिर्वाचन हुने - रुपान्तरण
 २०८१ बैशाख ११, मंगलबार    

रामबहादुर थापाको रिक्त पदमा पूर्तिको लागि उपनिर्वाचन हुने


काठमाडौं । राष्ट्रिय सभातर्फ रिक्त एक सदस्य पदमा जेठ ६ गते उपनिर्वाचन हुने भएको छ । राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित रामबहादुर थापाको रिक्त पदमा पूर्तिको लागि राष्ट्रियसभा निर्वाचन ऐन २०७५ को दफा ५ बमोजिम निर्वाचन हुने भएको हो ।

निर्वाचन अयोगका अनुसार गत ६ वैशाखको नेपाल सरकारको निर्णय अनुसार राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको मिति घोषणा भएको हो । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पदरिक्त भएमा ३५ दिनभित्र सरकारले तोकेको मितिमा बाँकी अवधिका लागि उपनिर्वाचन गरिसक्नु पर्ने व्यवस्था छ । सोही अनुसार सरकारले निर्वाचन अयोगको परामर्शमा उपनिर्वाचनको मिति तोकेको हो ।