ओली-नेपालबीच वान टु वान वार्ताः निराशजनक - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

ओली-नेपालबीच वान टु वान वार्ताः निराशजनक


काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्तामा खासै प्रगति नभएको प्रतिक्रिया दिएका छन् ।

काठमाडौं नागपोखरिस्थित होटल मेरियटमा बिहीबार दोस्रो दिनको वार्तापछि बाहिरिएका नेता नेपालले सञ्चारकर्मीसँग खासै प्रगति नभएको प्रतिक्रिया दिएका छन् ।

टाढैबाट हात हल्लाउँदै नेपालले भने ‘ म बोल्दिन, बोल्नुपर्ने गरी केही प्रगति भएको छैन ।’ बुधबार र बिहीबार गरि २ चरणमा वार्ता भइसकेको छ ।

बुधवार साँझ र बिहीबार दिउसो भएको वार्ताकै बीच दुवै नेताले वार्ता कक्षको झ्यालबाट पुनर्निर्माण अन्तिम अन्तिममा रहेको धरहरा नियाल्दै गरेको फोटो बाहिरिएको थियो ।

एमाले स्रोतका अनुसार नेता नेपालले भेटवार्ताका क्रममा कारवाहीसहितका पछिल्ला निर्णयहरूबाट ब्याक हुन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए । तर ओलीले भने नेपालको सो प्रस्तावमा निर्णय दिएनन् । ओली र नेपाल बीच बुधवार समेत सोही होटेलमा झन्डै दुई घण्टा वान टु वान वार्ता भएको थियो ।