राष्ट्रपतिले वाचन गरे ५६ पृष्ठको नीति तथा कार्यक्रम - रुपान्तरण
 २०८१ श्रावण १२, शनिबार    

राष्ट्रपतिले वाचन गरे ५६ पृष्ठको नीति तथा कार्यक्रम


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि सरकारको नीति तथा कार्यक्रम पेश गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद भवन नयाँ बानेश्वरमा संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम पेश गरेका हुन् । नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको बर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रम सार्बजनिक भएको हो ।

नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको पुनरुत्थान, आन्तरिक उत्पादन वृद्धि तथा रोजगारी सिर्जनामा जोड दिएको सत्तापक्षका नेताहरुले दाबी गरेका छन् भने प्रतिपक्षमा रहेका नेपाली काँग्रेस समेत अन्य पार्टीका नेताहरुले नीति तथा कार्यक्रममा कुनै नयाँ कार्यक्रम नरहेको र यस अगाडिका सरकारको निरन्तरता जस्तै रहेको बताएका छन् ।

उनले पेश गरेको दुई घण्टा लामो वाचन ५६ पृष्ठ लामो रहेको छ । राष्ट्रपति पौडेलले अर्थतन्त्रमा क्रमशः सुधार आएको बताए । पौडेलले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धिदरमा सुधार आएको बताएका हुन् । यस्तै मुद्रास्फितीदर घटेको राष्ट्रपति पौडेलले बताए । लगानीको वातावरण सुधार गर्नका लागि कानुनको संशोधन गरेका र बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको उनले बताएका छन् ।

यसबाहेक समयमा नै बिउ र मल उपलब्धता हुँदा धान र खेतीबालीको उत्पादन बढेको राष्ट्रपतिले बताए । थप ३ हजार भूमिमा सिञ्चाई सुविधा विस्तार हुँदा सुनकोसी मरिन डाइभर्सनको सुरुङ समयअगावै छिचोलिएको उनले बताए । जलविद्युत उत्पादनको जडित क्षमता २९ सय मेगावाटभन्दा माथि पुग्दा ९६ प्रतिशतभन्दा बढी जनसंख्यामा विद्युतको पहुँच पुगेको समेत उनले बताए ।