काठमाडौँ । नेपालले अमेरिकाविरुद्धको टी–२० सिरिज क्लीन स्वीप गरेको छ । टी–२० सिरिजको तेस्रो खेलमा नेपालले ८ विकेटको जित निकाल्दै सिरिज क्लीन स्वीप गरेको हो ।
अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछ्याएकाे नेपालले १८.३ ओभरमा मात्र २ विकेटमा लक्ष्य पुरा गरेको थियो । नेपालका लागि असिफ सेखले अर्धशतक प्रहार गरे ।
आसिफले टी–२० क्रिकेटमा छैठाैँ अर्धशतक बनाएका हुन । त्यस्तै, अनिल शाहले १३, कुशल भुर्तेलले अविजित ४० रन र कुशल मल्लले अविजित ४४ रन बनाए । अमेरिकाका बलर जुआनोय ड्राइसडाले र जसदीप सिंहले एक एक विकेट लिए ।
यस अघि टस जितेर पहिलाे ब्याटिंग गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनाएको थियो ।
अमेरिकाका लागि साइतेजा मुकर्मल्लाले सर्बाधिक ६८ रन बनाए । मिलिंद कुमारले ४३ रन बनाए । त्यस्तै, नेपाली बलर सोमपाल कामीले ३ विकेट लिए । रिजन ढकाल र ललित राजबंशीको नाममा एक एक विकेट रह्यो ।
योसँगै नेपालले ३ खेलको सिरिज ३० रनले जितेको छ । नेपालको टी–२० क्रिकेट इतिहासमै सिरिज क्लीन स्वीप गरेको यो पहिलो पटक हो । नेपालले अब अमेरिका र स्कटल्याण्डसहितको आइसीसी विश्वकप लिग–२ को सिरिज खेल्नेछ ।