उपप्रमुखकाे आक्राेश! - रुपान्तरण
 २०८१ माघ २६, शनिबार    

उपप्रमुखकाे आक्राेश!

विश्व पर्यटन दिवस


काठमाडौँ । विश्व पर्यटन दिवस २०८१ को अवसरमा शनिवार काठमाडौँको वसन्तपुरमा सम्पन्न धिमे बादन र नृत्यमा १ हजार कलाकारहरु सहभागी  रहेका थिए  ।कार्यक्रममा प्रमुख अतिथिका रूपमा आमन्त्रित काठमाडाैँ महानगरपालिकाका उपप्रमुख सुनीता डंगाेल कार्यक्रम सम्पन्र भएपछि मात्र उपस्थित हुनुभएकाे  थियाे  ।आफू नआउदैँ कार्यक्रम सम्पन्र गरेकाेमा आयाेजकहरू प्रति उपप्रमुख डंगाेल आक्रोशित  हुनुभएकाे थियाे ।   

कार्यक्रममा ३५० जना कलाकारहरुकाे प्रस्तुति रहेकाे थियाे । बादनमा धिमे, धुन्या, चिगो, घौ, भुस्या, पोङ्गालगायत मौलिक बाजागाजाका बोलमा ६५० जना कलाकारले नृत्य प्रस्तुति गरेका थिए । बादन र नृत्यको सुदनमान मुनिकारले निर्देशन गर्नुभएको थियो । मुनिकारका अनुसार ६ वर्ष उमेरदेखि ६५ वर्ष उमेरसम्मका कलाकारकाे सहभागिता रहेकाे थियाे ।

काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा काठमाडौँ दरवार स्क्वायर पर्यटन प्रवर्धन संघले कार्यक्रम आयोजना गरेको थियो । विश्व पर्यटन दिवसको अवसरमा कार्यक्रम  गर्न असोज ११ र १२ गते सम्पन्न गर्ने याेजना थियाे । तर, अविरल वर्षाका कार्यक्रम  शनिबार सम्पन्न गरिएको हो ।

1729506943210