नेपालका निधि पुस्तक सार्वजनिक - रुपान्तरण
 २०८१ मंसिर २५, मंगलबार    

नेपालका निधि पुस्तक सार्वजनिक


काठमाडौं, कार्तिक ५ । राष्ट्रपति रामचन्द्र पौडेलले भन्नु भएको छ : समाजमा पछाडि परेका क्षेत्र र वर्गको हित अनि सामान्य नागरिकको जीवनस्तर सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविष्य सुरक्षित छ भन्ने जनतालाई भरोसा जागृत गराउनु संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य हुनुपर्दछ ।

उहाँले बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित महेन्द्रनारायण निधिको संघर्षमय जीवनमा आधारित ‘नेपालका निधि’ पुस्तक लोकार्पण गर्नुहुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको यो लक्ष्य पूरा गर्न न्यायपूर्ण, समावेशी र समृद्ध आधुनिक नेपाल बनाउने काममा सवै जुट्नुपर्ने बताउनु भयो । राष्ट्रपति पौडेलले भन्नुभयो : जनतामा भरोसा जगाउनका लागि शासन प्रणाली पारदर्शी, जवाफदेही र सुशासन पहिलो शर्त हो ।

उहाँले भन्नुभयो, ‘सत्ता र शक्तिमा बस्नेका कमजोरीले लोकतन्त्रका शाश्वत मूल्य–मान्यता अनि पवित्रतालाई धूमिल बनाउने अवस्था आउन दिन हुँदैन । यो कुरामा ध्यान दिन सके लोकतन्त्रको मूल्यमा कसैसँग संझौता नगर्ने निधिजी लगायतका अग्रजहरूप्रति सच्चा सम्मान हुनेछ ।'

राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधिको बहुआयामिक व्यक्तित्व, नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापना तथा सामाजिक, सांस्कृतिक जागरणमा उहाँले दिनु भएको योगदानबारे जान्न र बुझ्न चाहनेका लागि यो पुस्तक सङग्रहणीय सामग्री हुने स्पष्ट पार्नुभयो ।

राष्ट्रपतिले बीपी कोइराला र समाजवादी नेता डा. राममनोहर लोहियाका चिन्तनबाट प्रभावित हुनुभएका महेन्द्रनारायण निधि नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी व्यक्तित्व भएको बताउँदै उहाँले देशको राजनीति, आर्थिक र सामाजिक परिवर्तनका लागि आफ्नो जीवन समर्पित गर्नुभएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘जहानियाँ राणाशासन र निरंकुश र निर्दलीय पञ्चायत मात्र होइन रुढीवाद, पछौटेपन तथा कुसंस्कारबाट मुक्त गरी नेपाली समाजलाई परिवर्तनको उज्यालो मार्गमा अघि बढाउन निधिले खेल्नुभएको भूमिका सदैव अनुकरणीय रहनेछ । राजनीतिक जीवनका अनेकौ आरोह–अवरोहका दिनमा समेत मैले निधिलाई अत्यन्त, धैर्यवान, सरल, सादगी नेताका रुपमा चिन्ने र बुझ्ने मौका पाएको छु ।’

BookImage

पुस्तक लोकार्पण कार्यक्रममा महेन्द्रनारायण निधिका सुपुत्र विमलेन्द्र निधिले आफ्ना पिताको स्मरणगर्दै भन्नुभयो, उहाँको बिचारको पृष्ठभूमिमा समकालीन राजनीतिको चर्चा गर्नु भएको थियो । उहाँले आप्mना पिताजीले सधै पढाइ पूरा गरेर मात्र अरु काम गर्नेमा जोड दिनुहुन्थ्यो । यसबाहेक, पिताजीले हाम्रो जीवनमा कहिल्यै कुनै हस्तक्षेप गर्नु भएन । हामी हुर्केर सही बाटोमा लागुन भन्नेमा उहाँको जोड रहयो ।

पुस्तकका लेखक बरिष्ठ पत्रकार किशोर नेपालको यो कृतिमा लोकतन्त्र स्थापनाका लागि भएका संघर्ष र बिभिन्न राजनीतिक घटनाक्रमहरुमा स्वर्गीय महेन्द्र नारायण निधिले पु¥याउनु भएको योगदानको मूल्यांकन गरिएको छ ।

नेपालमा लोकतन्त्र स्थापनाका लागि भएको लामो संघर्षमा निधिले पुर्याउनु भएको योगदानको चर्चा निकै कम भएकोछ । पत्रकार नेपालले निधिजीको सान्निध्यमा रहेर लोकतान्त्रिक मूल्य र मान्यताप्रतिका उहाँका धारणाहरु जान्ने मौका पाएको बताउनु भयो । आफ्नो पत्रकारिता जीवनमा निधिले आपूmलाई सँधै उत्साहित तुल्याउनु भएको उल्लेखगर्नु भयो ।

कार्यक्रममा भाषाविद् शरदचन्द्र वस्तीले पुस्तकको समीक्षा गर्दै भन्नु भयो, अहिलेको प्रतिकूल राजनीतिक अवस्थामा निधिको यो जीवन गाथा सबैका लागि प्रेरणादायी हुनेछ ।
महेन्द्रनारायण निधिको सक्रियताका समयमा उहाँलाई नजिकबाट नियाल्नु भएकी शिक्षिका रुक्मिणी श्रेष्ठले निधिको सादा जीवन र उच्च बिचारको चर्चागर्नु भएको थियो । उहाँले निधिको सरलता नै उहाँको ब्यक्तित्वको बिशेषता थियो, त्यसैले आफू निधिजीको उच्च बिचारबाट प्रभावित भएको बताउनु भएको थियो ।

रुपान्तरण प्रकाशनका तर्फबाट उपस्थित अतिथिहरुको स्वागतगर्दै रुचि श्रेष्ठले महेन्द्रनारायण निधिका बारे अहिलेसम्म गम्भीर अध्ययन भएको छैन । यो पुस्तकमा निधिका बारे इतिहासमा अवलोकन नभएका तर नेपाली समाजले प्रत्यक्ष अनुभूत गरेका सत्यहरुलाइ लेखकले सूत्रबद्ध गर्नु भएको बताउनु भयो ।

सभापतिको आसनबाट बरिष्ठ पत्रकार तथा कान्तिपुर दैनिकका संस्थापक सम्पादक योगेश उपाध्यायले महेन्द्रनारायण निधिजस्ता युगपुरुषहरुको जीवनले समाजको दिग्दर्शनगर्ने बिचार ब्यक्तगर्नु भएको थियो । समारोहमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एमालेका केन्द्रीय सदस्य बाबुराम थापा, माओवादीका केन्द्रीय सदस्य हरि दाहाल, संविधानविद राधेश्याम अधिकारी, कानूनविद श्याम ढुंगेल लगायतका गण्यमाण्य ब्यक्तित्वहरुको उपस्थिति थियो ।