प्रधानमन्त्री ओली धपेडीका कारण शिथिल - रुपान्तरण
 २०८२ जेठ ७, मंगलबार    

प्रधानमन्त्री ओली धपेडीका कारण शिथिल


-रुपान्तरण

पछिल्लो चुनावमा प्रतिनिधि सभामा दोस्रो ठूलो पार्टीका रुपमा स्थापित नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक धपेडीका कारण अस्वस्थ्य हुनु भएको खवर बिहिवार बिहानैदेखि फैलिएको हो ।

‘अनुभवसिद्ध’ नेताका रुपमा चिनिनु भएका प्रधानमन्त्री ओलीले संसदमा सबैभन्दा ठूलो दल कांग्रेससंग मिलेर संयुक्त सरकार चलाउने निर्णयगर्नु भएपछि एमालेका नेताहरुको प्रतिक्रिया मिश्रित थियो । एकथरिले माओवादी सहितका वामपन्थीहरु मिलेर एमालेको नेतृत्वमा शासन चलाउनुपर्ने चाहना राखेका थिए भने अर्काथरि कांग्रेससंग मिलेर जानु श्रेयष्करहुने बिचार ब्यक्तगर्दै थिए ।

तर, अध्यक्ष ओलीले कांग्रेससंग मिलेर संयुक्त सरकार चलाउने ‘दर्हो ’ निर्णय लिनुभयो । तदनुरुप नै बिगत छ महिनादेखि एमाले र कांग्रेस मेलमिलापको डोरीले बाँधिएकाछन ।

प्रधानमन्त्री ओलीले माधव नेपालको समाजवादी पार्टीमा जान तमतयार रहेका आफ्ना पुराना मित्र वामदेव गौतमलाई एमालेमा स्वागतगर्ने चाहनाराख्नु भएको थियो । वामदेव पनि त्यसका लागि तमतयार हुनुभएको थियो । तर, यसका बिरुद्ध एमालेका प्रभावशाली नेताहरु नै लागेपछि अध्यक्ष ओलीको त्यो चाहना पूरा हुन सकेन ।

अनलाइन पत्र–पत्रिकाहरु र सामाजिक संजालमा उहाँको शारीरिक अस्वस्थताको कारण ‘धपेडी’ बताइएकोछ । हो, सरकारको नेतृत्वकर्ताका रुपमा र पार्टीका अध्यक्षका रुपमा पनि, के.पी.ओली अहिले धपेडीमा हुनुहुन्छ ।

परिस्थिति पनि त्यस्तै छ । उहाँका पार्टीका एकथरि नेताहरु सरकारले आफ्नो बोली नसुनेकोमा रुष्ट देखिन्छन भने अर्काथरि नेताहरु पार्टी संशोधनवादी बाटोमा तीब्र गतिले अघि बढेकोमा चिन्तित देखिएका छन ।

पार्टीको नाममा भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ्गसंग जग्गा दान लिएपछि एमालेका धेरै समाजवादीहरुले मुख लुकाएका थिए । हाल आएर भीम रावल र अन्य कतिपय असहमत पक्षका नेताहरुलाई पार्टीबाट निकालेपछि एमालेमा निकै ठूलो खलवली मच्चिएकोछ ।

त्यसो त सरकारको गति पनि सुस्त देखिएकोछ । सरकारमा पुगेका एमाले र कांग्रेस दुबै पक्षका नेताहरु गतिहीन देखिन्छन । सरकार ससाना दवाव समूहदेखि पनि तर्सिन थालेकोछ । विगत छ महिनाको अवधिमा कांग्रेस–एमाले सरकारले न त सामाजिक न्यायका पक्षमा कुनै निर्णय लिन सकेको छ, न त साधारण नेपाली जनताको हितमा कुनै ठोस काम नै गर्न सकेकोछ ।